एमसीसी पास गर्छौं भनेर प्रचण्डजी र मैले सही गरेरै दिएका छौं ः प्रधानमन्त्री देउवा

१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसीसी) सम्झौता पास गर्छौं भनेर आफू र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखेरै दिएको खुलासा गर्नु भएको छ ।

बेलायत भ्रमणबाट बिहीबार स्वदेश फर्किनु भएका देउवाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग एमसीसी कहिलेसम्म पास हुन्छ भन्ने जिज्ञासामा यस्तो खुलासा गर्नु भएको हो ।

लिखित रुपमै एमसीसी पास गर्छौ भनेर अमेरिकालाई पत्र दिनु प्रचण्ड र देउवाको ठुलो वेइमानी हुने केही विश्लेषकहरुले वताएका छन ।
जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन बेलायत जानु भएका प्रधानमन्त्री देउवालाई एमसीसीकी डेपुटी सीईओले स्कटल्याण्डमा भेट्नु पनि भएको थियो ।

भेटमा उहाँले एमसीसी कहिलेसम्म पास हुन्छ भनेर चासो राखेको प्रधानमन्त्री देउवाले पत्रकारलाई बताउनु भयो ।

आफूले सत्ता साझेदार दलहरुको बीचमा कुराकानी भइरहेको जानकारी गराएको भन्दै प्रधानमन्त्री देउवाले भन्नु भयो , ‘छिटै पत्रकार सम्मेलन गरेर पास गराउने कुरा छ । प्रचण्डजी र मैले त यतिभित्र पास गराउँछौं भनेर साइन (हस्ताक्षर) गरेरै पठाएका छौं ।’

देउवाका अनुसार एमसीसीकी डेपुटी सीईओले भने संसदको अधिवेशन किन अन्त्य गरेको त भनेर प्रश्न गर्नु भएको थियो ।

त्यसले एमसीसी सम्झौता पारित गर्ने प्रक्रिया प्रभावित हुँदैन भनेर प्रश्न गरेपछि देउवाले ‘केही अध्यादेश ल्याउनुपर्ने भएकाले रोकिएको हो, यसले असर पार्दैन भनेर जवाफ दिएको वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस