संसदिय ब्यवस्थाको उपजनै तिलागुफा नगरपालिकाको बिबाद भएको नेकपा कालिकोटको ठहर

मंसिर १८, कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कालिकोटले संसदिय ब्यवस्था एकपछी अर्को ढंगले असफल हुँदै गईरहेको जनाएको छ ।

एरिया नम्बर ६ का इन्चार्ज रमेशले बुधबार एक विज्ञप्ती जारी गर्दै संसदिय ब्यवस्था एकपछी अर्को ढंगले असफल हुँदै गईरहेको र आफ्नो असफलता लाई ढाकछोप गर्न बाहाना बाजि ढाटछल ब्यमानी गर्दै कथित जनप्रतिनिधीहरु जनतामा लाज नमानी हिडडुल गरिरहेका छन । यही असफलताको उदाहरण कालिकोटको तिलागुफा नगरपालिकाको सेन्टरको बिबाद भएको उल्लेख गरिएको छ ।

जारी विज्ञप्तीमा भनिएको छ पहिलो कुरा ब्यबस्थानै असफल साबित भैसके पछी सेन्टरले त कुनै अर्थ नै राख्दैन । तथापी क्षणिकका लागि भएपनि बहुमत अल्पमत भन्दा जनतालाई कन्भिन्स गरेर टुङो लगाउनुको सट्टा दबाव र हैकममा सेन्टर गाल्जे भन्दा चिलखाया हुस्केमा लिन खोज्नु नै गलत भएको दावी गरेको छ ।

त्यस्मा पनि हिजो भोट मागेर प्रतिनिधिसभामा जितेका माननीय दुर्ग बहादुर रावतले छलफलको क्रममा जुबिथा बासी शहिद परिवार, ब्यपत्ता घाईते, अपाङ र १० बर्ष जनयुद्धमा लाम्बद्ध तमाम जनसमुदायको योगदानको अबमुल्याङकन हुने गरि जुबिथाका सामान्तहरु भनेर बोल्नु गलत भएको बताएको छ ।

जारी विज्ञप्तीमा भनिएको छ आफु नव सामान्तमा बदलिएको ख्यालै नगरी जनतालाई सामान्तको संज्ञा दिनु कतिको जायज हो । यो उनको कुरा हो । तर थप स्थितीलाई नियन्त्रण गर्न भनेर सदरमुकाम मान्मबाट थप सुरक्षा फौज उहाँकै निर्देशनमा पठाईनुले फासिवादी कदमको झलक दिएको जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ स्थिती झनै जटिल बन्ने तर्फ सरोकारवालाको ध्यान जान जरुरी छ । अन्त त सम्पुर्ण तिलाबासी जनसमुदायलाई आगह गर्न चाहान्छौ की उत्तेजना र आबेकबाट हैन छलफल र बहसबाट हल खोज्न आबश्यक रहेको जनाएको छ ।

विज्ञप्तीको अन्तमा क्षणिकका लागी यसो गर्नु परेता पनि आम जनसमुदायको मुक्ति र आकाक्षाको सामधान एकिकृत जनक्रान्ती मार्फत बैज्ञानिक समाजवादले मात्र पूरा गर्ने भएकोले असफल संसदिय ब्यबस्था र यिनका मतियारका बिरुद्द बिद्रोह गरि परिबर्तनको पक्षमा उभिन अपिल गरेको छ ।

विज्ञप्ती पुर्णपाठ

संसदिय ब्यवस्था एकपछी अर्को ढंगले असफल हुँदै गईरहेको छ । आफ्नो असफलता लाई ढाकछोप गर्न बाहाना बाजि ढाटछल ब्यमानी गर्दै कथित जनप्रतिनिधीहरु जनतामा लाज नमानी हिडडुल गरिरहेका छन यही असफलताको उदाहरण हो । कालिकोटको तिलागुफा नगरपालीकाको सेन्टर सम्बन्धिको बिबाद । पहिलो कुरा ब्यबस्थानै असफलसाबित भैसकेपछी सेन्टरले त कुनै अर्थ नै राख्दैन तथापी क्षणिकका लागि भएपनी बहुमत अल्पमत भन्दा जनतालाई कन्भिन्स गरेर टुङो लगाउनुको सट्टा दबाव र हैकममा सेन्टर गाल्जे भन्दा चिलखाया हुस्केमा लिन खोज्नु नै गलत थियो ।

त्यस्मा पनि हिजो भोट मागेर प्रतिनिधि सभामा जितेका माननीय दुर्ग बहादुर रावतले छलफलको क्रममा जुबिथा बासी शहिद परिवार, ब्यपत्ता घाईते, अपाङ र १० बर्ष जनयुद्धमा लाम्बद्ध तमाम जनसमुदायको योगदानको अबमुल्याङकन हुने गरि जुबिथाका सामान्तहरु भनेर बोलेको कुराले थप स्थिती जटिलबनाएको हो ।

आफु नव सामान्तमा बदलिएको ख्यालै नगरी जनतालाई सामान्तको संज्ञा दिनु कतिको जायज हो । यो उनको कुरा हो । तर थप स्थितीलाई नियन्त्रण गर्न भनेर सदरमुकाम मान्मबाट थप सुरक्षा फौज उहाँकै निर्देशनमा पठाईनुले फासिवादी कदमको झलक दिन्छ ।
साथै स्थिती झनै जटिल बन्ने तर्फ सरोकारवालाको ध्यान जान जरुरी छ । अन्त त सम्पुर्ण तिलाबासी जनसमुदायलाई आगह गर्न चाहान्छौ की उत्तेजना र आबेकबाट हैन छलफल र बहसबाट हल खोज्न आबश्यक छ ।

क्षणिकका लागी यसो गर्नु परेता पनि आम जनसमुदायको मुक्ति र आकाक्षाको सामधान एकिकृत जनक्रान्ती मार्फत बैज्ञानिक समाजवादले मात्र पूरा गर्ने भएकोले असफल संसदिय ब्यबस्था र यिनका मतियारका बिरुद्ध बिद्रोह गरि परिबर्तनको पक्षमा उभिन अपिल गर्दछौ । धन्यवाद

रमेश
इन्चार्ज
एरिया नम्बर ६ कालिकोट

 

प्रतिक्रिया दिनुहोस