आफ्नो पार्टी क्रान्तिकारी र जनताको लोकप्रिय पार्टी वन्दै गएकाले संसदवादीहरु आत्तिए: प्रकाण्ड

पुस २१, दैलेख । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले आफ्नो पार्टी क्रान्तिकारी र जनताको लोकप्रिय पार्टी वन्दै गएकाले संसदवादीहरु आत्तिएको वताउनु भयो ।

नेकपा जिल्ला समिति दैलेखको राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाई बुधबार दैलेखमा संवोधन गर्दै उहाँले यस्तो बतनउनु भएको हाे । उहाँले क्रान्ति जिन्नका लागि क्रान्तिकारी विचार,राजनीति र नेतृत्वको टिम इमान्दार श्रमजीवी वर्ग प्रति प्रतिवद्ध हुनुपर्ने वताउनु भयो । त्यो टिम अहिले नेकपामा देखेकाले संसदवादीहरु आत्तिएको उहाँले टिप्पणी गर्नु भयो ।

प्रवक्ता प्रकाण्डले भन्नु भयो प्रचण्डले विचार र राजनीतिमा कमजोरी गरेकाले, वर्ग विर्सिएकाले र जनताप्रति इमान्दार नभएकाले जितिसकेको १० वर्षिय जनयुद्ध प्रतिक्रान्तिमा पुग्यो । क्रान्ति भनेको दुईवटा वर्ग विचको लडाई हो । दुइ वटा वर्गका नेता विचको लडाई हो । जनताको नेता आफ्नो वर्गप्रति इमान्दार हुनुपर्ने बताउनुभयो ।

प्रवक्ता प्रकाण्डले पार्टीले एमसीसी विरुद्ध देशभर ठुलो आन्दोलन गरेको र त्यो देशभर सकरात्मक प्रभाव परेको जिकिर गर्नु भयो । उहाँले मुख्य समस्या राज्य व्यवस्थाको चरित्र मुठ्ठीभर दलालहरुको हातमा भएको र जसले गर्दा राष्ट्रघात र जनघातहरु वढिरहेको ठोकुवा गर्नु भयो ।

उहाँले नेपालमा दलाल संसदीय व्यवस्था पूर्ण असफल भएको भन्दै त्यसको ठाउँमा वैज्ञानिक समाजवाद अनिवार्य भएको वताउनु भयो । उहाँले त्यसका लागि तत्काल पार्टीेले जनमतसंग्रहको चुनावको विकल्प आगाडि सारेको वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस