लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न सक्दैनः ः प्रधानमन्त्री


२३ माघ, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताउनु भएको छ ।
आफ्नो समूहले शुक्रबार नारायणहिटी दरबार संग्रहालय अगाडि गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘राजतन्त्र फर्किएको घोषणा गर्छ रे’ भनेर हल्ला चलाइएको बताउनु भयो ।
‘जसले आधा दशकभन्दा बढी गणतन्त्रका लागि लड्यो, सामाजिक न्यायका लागि लड्यो, त्यो केपी ओलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे’ प्रधानमन्त्रीले भन्नु भयो ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको कार्यान्वयन गरिरहेको भन्दै उहाले कोभिडमा स्थानीय निकायहरु अत्यन्त प्रभावकारी देखिएको वताउनु भयो ।’उहाँले आफूहरु नै नेकपाको आधिकारिक भएको दाबी पनि गर्नु भयो ।
प्रधानमन्त्री ओलीले आफ्नो सरकारले तीन वर्षमा इतिहासमै नभएका कामहरु गरेको दाबी गर्नु भयो ।
काम गर्नै नपाउने अवस्था भएपछि जनताको बीचमा ताजा जनादेशका लागि जाने निर्णय गरेको ओलीले बताउनु भयो ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको बचाउ गर्दै संसद विघटन संविधानसम्मत छ कि छैन भनेर बलजफ्ती बहस निकालिएको वताउनु भयो । प्रधानमन्त्री ओलीले नेकपाको प्रचण्ड माधव समूहले बिहीबार गरेको आमहड्तालको अलोचना गर्नु भयो ।
सम्बोधनको सुरुमा नै प्रधानमन्त्री ओलीले आफूहरुले गरेको यो काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा ठूलो सभा भएको दाबी गर्नु भयो । सभामा आउन नदिन प्रचण्ड–माधव समूहले नेपाल बन्द गरेर तर्साउन खोजिएको बताउँदै उहाले भन्नु भयो , ‘बाटामा खाल्टा खनियो, बम राखेर विप्लव लेखियो । तर, यो भेललाई रोक्न सकेन ।’

 

प्रतिक्रिया दिनुहोस