२२ कालीकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कालिकोटमा रोकिएको माल्कोट– रुप्सा सडक निर्माण कार्य पुन ः शुरु गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टीमाथि सरकारले प्रतिवन्ध लगाएपछि सडक निमार्ण कार्य स्थानीय प्रशासनले रोकेको थियो ।
बिहिबार एक कार्यक्रमको आयोजना गरि नेकपाले सडक निमार्ण कार्य पुनः सुरु गरेको छ । सडक निमार्णका लागि डोजर समेत लगिएको छ ।
नेकपाका केन्द्रीय सदस्य कर्ण बहादुर भण्डारी (बिराट) र अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष नरेन्द्र विकको उपस्थितिमा कार्यक्रमको आयोजना गरि सडक खन्ने कार्यको सुरुवात भएको घोषणा गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष बिक सहितको टोलिले डोजर पुर्याएर कामको थालनी गरेको नेकपा कालीकोटका सेक्रेटरी मनिलाल ऐडी (रणदिप)ले वताउनु भयो ।
यसअघि खुलालु हुँदै माल्कोट सडक खण्डमा काम शुरु गरेर ६ किलोमिटर सडक निर्माण गरेको थियो ।
अहिले स्थानीय सरकारलाई चुनौती दिदै पुन कामको शुरूवात गरेको नेकपाले बताएको छ ।
नेकपाका प्रबक्ता प्रकाण्डले केही समय अघि गृहजिल्ला पुगेर जनअस्पताल देखि अन्य बिकाश निर्माणका कामको थालनी गर्ने घोषणा गरे अनुसार पहिलो चरणमा सडकको काम शुरूवात गरेको नेकपाको दावि छ ।
सहिद मार्ग नाम दिएको उक्त सडक २१ किमि रहेको र ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया दिनुहोस