हिमपातले कर्णालीमा संचार र विद्युत् सेवा अवरुद्ध

२२ माघ, कालिकोट । कर्णालीका कालिकोट लगायतका जिल्लाहरुमा गत बिहीबार रातिदेखि परेको भारी हिमपातले संचार र विधुत सेवा अवरुद्ध गरेको छ ।

हिमपातले कालिकोट र जुम्लाको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरोध हुँदा कर्णालीवासीहरु अन्धकारमा बस्न बाध्य भएका छन् । यस्तै हुम्ला,मुगु, डोल्पाका जिल्लाहरुमा पनि भारी हिमपात भएको छ । हिमपातले संचार सेवा समेत अवरुद्ध भएको छ । मोवाईल र अन्य टेलिफोन सेवा अवरुद्ध भएको छ ।

भारी हिमपात भएपछि कर्णाली राजमार्गको जुम्ला सडक खण्डमा जमेको हिउँ डोजर लगाएर पन्छाइएको छ । हिमपातका कारण कर्णालीको हवाई सेवा समेत अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस