असमान सन्धिहरु खारेज गरि पञ्चशिलताका आधारमा नयाँ सम्झौता हुनुपर्छ :भरत सी

२२ माघ, धनगढी । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा स्कुलिङ बिभाग प्रमुख भरत सी ले नेपाल सँग विगतमा गरिएका सबै असमान सन्धिहरु खारेज गरि पञ्चशिलताका आधारमा नयाँ सम्झौता हुनुपर्ने बताउनुभयो ।

आइतबार धनगढीमा जनपत्रकार संगठन नेपाल कैलाली द्वारा आयाेजित पत्रकार सम्मेलनलाई सम्बोधन उहाँले यस्तो बताउनु भएको हाे ।

उहाँले १९४९ को नेपाल भारत शान्ति तथा मैत्री सम्झौता , महाकाली सम्झौता, विप्पा र एमसिसि लगाएतका सबै असमान सन्धि सम्झौताहरु खारेज गरि देशलाई नव औपनिवेशिक संकटबाट मुक्त गर्न पञ्चशीलताको सिद्धान्तको आधारमा सम्झौता हुनुपर्ने बताउनु भयो ।

उहाँले अहिलेको विश्व परिवेश र नया शक्ति सन्तुलनको बदलिँदो स्थिति, द्विपक्षीय हित अनुरुप नयाँ सन्धि सम्झौताहरु गर्नु अहिलेको आवश्यकता रहेको बताउनु भयाे ।

संकटग्रस्त बनेको दलाल संसदीय व्यवस्था प्रेम प्रसाद आचार्यको आत्मदाहमा व्यक्त भएको र भ्रष्टाचार, बैंक तथा वित्तीय संस्थाहरुले जनतालाई मर्न बाध्य पारेको भन्दै यसको समाधान बैज्ञानिक समाजवादी व्यवस्थाले दिने बताउनु भयो ।

कुनै बेला जनताको आवश्यकतामा स्थापित भएका बैंक तथा वित्तीय संस्थाहरु अहिले जनताको काल भएको भन्दै यो दलाल सत्ताको अर्थब्यबस्थाकाे उपज भएको उहाँको तर्क थियो ।

उहाँले बैदेशीक हस्तक्षेपका कारण दिन प्रतिदिन राष्ट्रियता संकटमा परेको भन्दै सरकार लाचार भएको आराेप लगाउन भयाे ।

भारतकाे सिमावति क्षेत्र दार्चुला लगायत विभिन्न ठाउँका सिमानाकामा भारतीयकाे ज्याजतीका कारण धेरै नेपालीले ज्यानै गुमाउनु परेको स्मरण गर्दै छानबिनको सट्टा नेपालले उल्टै भारतको गुलामी गरेको आराेप लगाउनु भयाे ।

भर्खरै नेपाल आएकी अमेरिकी प्रतिनिधि भिक्टोरिया नुल्याण्डले एमसीसीलाई लागू गर्न दबाब दिएको भन्दै यसलाई राेक्न सम्पूर्ण देशभक्त एक हुनुपर्ने बताउनु भयो ।

फरक प्रसङ्गमा बाेल्दै हरेक पार्टीका आ-आफ्ना नीति, विचार, सिद्धान्त हुन्छ तर नेपालमा सत्ताको गठबन्धनको नाममा एउटा खेल शुरु भएको छ र यसले पनि लोकतन्त्र फेल हुँदै गएको उहाँको तर्क थियाे

जनपत्रकार सङगठन नेपाल कैलाली जिल्ला संयोजक पृथ्वी सी काे अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेकपा केन्द्रिय सदस्यहरु भगत सिंह, समर सी, प्रकास सी, बिमल सी र जनपत्रकार सङगठन नेपाल केन्द्रिय सचिवालय सदस्य धिरज बिश्वकर्माको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस