सहिदको रगत खेर जान दिदैनौः रणदिप सी

२१ फागुन, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रणदिप सीले महान जनयुद्ध र एकीकृत जनक्रान्तिका सहिदहरुले बगाएको रगत कहिल्यै खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
पचालझरना गाउकमिटीले सहिद सप्ताहको अवसरमा बुधवार पडेक्षामा आयोजना गरेको सहिद तथां बेपत्ता परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रणदिप सीले महान जनयुद्ध र एकीकृत जनक्रान्तिका सहिदहरुले बगाएको रगत कहिल्यै खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।
उहाँले कम्युनिष्ट पार्टीहरुमा आएको बिभाजनलाई नेकपाको नेतृत्वमा एकताबद्ध हुने अभियान सुरु भएको भन्दै पहिला माओवादीघटकहरु बिच एकता हुने बताउनु भयो । उहाँले एकताकोवारे माओवादी केन्द्रमा एकमत नदेखिएको र उदासिनता देखिएको टिप्पणी गर्नु भयो ।
नेता रणदिपले जनयुद्धका उपलव्धीहरु माओवादी केन्द्र र अध्क्ष प्रचण्डका कारण गुमेको आरोप लगाउदै नेकपाले ती उपलव्धीहरु कुनै पनि हालतमा गुम्न नदिने दाबी गर्नु भयो ।
उहाँले नेपालमा ०४७ साल फर्काउने कुराले समस्याको समाधान नभई नेपालमा नेपाली विशेषताको समाजवादले मात्र सबैको समस्या समाधान हुने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा प्रतिनिधि समिती सदस्य दिलमान, जिल्ला कमिटी सचिवालय सदस्य तखत, जर्मन शहिदपरिवारबाट सहिद भिमसेनको बुबा धु्र्रव सेजुवाल, मानव लगायतको आतिथ्यता रहेको थियो ।
शहिदपरिवारबाट धु्रव सेजुवालले मन्तब्य राख्दै पार्टी एकता हुनुपर्ने धारणा राख्नु भयो । अन्य बक्ताहरुले शहिदका रगत खेर जान नदिने धारणा राखेका थिए । कार्यक्रममा वडा न २ का कलाकारहरुले गित नृत्य र देउडाहरु प्रस्तुत गरेका थिए । कार्यक्रम गाउकमिटी सेक्रेटरी लोचनको अध्यक्षतामा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा हाईब्रेड जातको दातेवखरको बुट्टा सहिद परिवारलाई अभिनन्दन गर्दै हस्तातरण गरिएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्र परित्याग गरेर वडा न ४ बाट भूमिनन्द न्यौपाने नेकपामा प्रवेस समेत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस