हावाहुरी प्रभावितलाई एकद्वार प्रणाली मार्फत् रातह

चैत्र २२ बारा । जिल्ला प्रशासन कार्यालय बाराले हावाहुरी प्रभावितलाई वितरण गरिने राहतमा एकद्वार प्रणाली लागू गरेको छ ।

जिल्लास्थित विपद् व्यवस्थापन समितिले राहत वितरणकार्य प्रभावकारी नभएको जनाएपछि एकद्वार प्रणाली लागू गरिएको हो । राहत लिएर पुग्नेहरुले सडक नजिक र पायकपर्ने ठाउँमा मात्र राहत वितरण गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय बाराले एकद्वार प्रणाली लागू गरेको हो ।

राहत वितरण गर्न आउनेहरुलाई जिल्ला प्रशासन कार्यालयमार्फत् स्थान तोकेरै राहत वितरणका लागि पठाउन सुरु गरिएको छ । देशका विभिन्न भागबाट राहत सामग्री लिएर आएकाहरुलाई सहयोग सामग्रीको विवरण सहित आवश्यक भएका स्थानमा पठाइएको जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुरारी कार्कीले जानकारी दिनुभयो ।

राहत नपुगेका प्रभावित क्षेत्रमा अस्थायी शिविर खडा गरी प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा एकद्वार प्रणालीमार्फत् वितरण गर्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस