२२ चैत्र,सुर्खेत । शिक्षक सेवा आयोगको प्रश्नपत्र उपलव्ध गराउने विषयमा करोडौ रकम उठाएको समाचार सत्य नभएको यकेन्द्र र मेकेन्द्र शाहीले वताउनु भएको छ । मंगलवार एक पे्रश विज्ञप्ती जारी गरि ज्वाला खवरमा आएको समाचारले दुखि वनाएको र घटनामा आफुहरु नभएको भन्दै खण्डन गर्नु भएको छ ।
दुवै जनाले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ “मिति २०७८ साल चैत्र २१ गतेका दिन ज्वाला खवरमा सम्प्रेषण भएको समाचारले हामी माथि व्यक्तिगत रुपमा आँच आउने खालको परिघटनाले हामी सारै दुखि छौ । जुन समाचारमा नामै सहित किटानी गरी फरार भएको खवरले निकै सांघातिक रुपले दुखि तुल्याएको छ ।”
जारी विज्ञप्तीमा आफूहरुले कसैसंग पैसा पनि नउठाएको र हस्त लिखित प्रश्नपत्रहरु पनि आफूहरुले नलेखेको उल्लेख गरिएको छ ।
विज्ञप्तीको पूर्णपाठ