२२ चैत्र,सुर्खेत । चैत्र १७ र १९ गते भएको शिक्षक सेवा आयोगको परिक्षामा प्रश्नपत्र परिक्षा अघि नै उपलव्ध गराई दिने प्रलोभन दिएर करोडौंं रुपैया ठगी गर्ने कालिकोट रास्कोटका जय वहादुर शाही फरार भएका छन ।
उनले सुर्खेतमा कालिकोट लगायत विभिन्न जिल्लाका परिक्षार्थीवाट प्रति व्यक्ति १लाख देखि ४लाख सम्म रकम असुल गरेको खुल्न आएको छ ।
उनले परिक्षा हुने अन्तिम दिनमा परिक्षार्थीलाई हस्त लिखित नक्कली प्रश्नपत्र वनाएर दिएका छन । परिक्षाहलमा प्रश्नहरु नमिले पछि आफूहरु ठगीमा परेको परिक्षार्थीले थाहा भएका हुन ।
परिक्षार्थीले वीरेन्द्रनगरको एक होटलमा शाहीलाई वन्दी वनाएर पैसा फिर्ता दिनु पर्ने माग गरेका थिए । तर शाही भने होटलको छतवाट वाहिर हाम फालेर फरार भएका छन ।
परिक्षार्थीलाई दिएको हस्त लिखित नक्कली प्रश्नपत्र यस्तो छ
उनले प्रयोग गर्ने ९८६९८६३६४८,९८२९६६१९०३,९८५८०६५८४२ नम्वरका सिम कार्डहरु वन्द गरिएका छन । उनले रास्कोट नगरपालिका विजयपुर घर भएका शिक्षक एकेन्द्र शाही र मेकेन्द्र शाही माथि पनि असुलीमा लागेको आरोप लगाएका छन ।
तर एकेन्द्र र मकेन्द्रले आफूहरु त्यस्तो काममा नभएको स्पष्ट पार्दै आफ्नो नाम वेचेर वदनाम गराउन जयवहादुरले गरेको हुन सक्ने वताएका छन । आफूहरु कहि कतै फरार नभएको र घरमै भएको एकेन्द्र र मेकेन्द्रले वताएका छन । एकेन्द्र र मकेन्द्रका अनुसार जयवहादुर आफ्नै गाउँ नजिकै घर भएका व्यक्ति हुन तर उनीसंग कुनै त्यस विषयमा कुरा भएको छैन । उनी घरमा पनि सम्पर्कमा छैनन् ।
पल्सर वाईक २२० लु ८० प १९३५ नम्वरको प्रयोग गर्ने जयवहादुर सम्पर्क विहिन छन । एक जना पीडितले नाम नभन्ने सर्तमा आफ्ना आफन्त वाट जम्मा गरेको पाँच जनाको एक एक लाखका दरले पाँच लाख रुपैया जयवहादुर शाही कै हातमा वुझाएको वताएका छन । अहिले उनी आफ्नो सम्पर्कमा नभएको र फरार भएको दुखेसो पोखेका छन । जयवहादुर कहिले काँही अनलाईनमा आउने गरेको र कुरा गर्न खोज्दा कुरा गर्न चाहेका छैनन् पीडितले भनेका छन । आफन्तको रुपैया फसेको छ के भन्ने मलाई गार्यो भयो उनले भनेका छन ।
परिक्षार्थीलाई दिएको हस्त लिखित नक्कली प्रश्नपत्र यस्तो छ
उनका अनुसार सुर्खेतमा सनिहल लाईनमा वढी मालिका होटल संचालन गर्दै आएका रास्कोट विजयपुरका हस्त वहादुर शाही वाट पनि जयवहादुर शाहीको समुहले ९ लाख वढी रुपैया असुल गरेको छ । जय वहादुर शाही सहितको टिमले योजनावद्ध ठगी गरेको पीडितहरुको भनाई छ ।
पीडितहरुले आफूहरु माथि पनि कुनै कानुनी असर पर्छ की भन्ने डरले प्रहरी समक्ष उजुरी गर्न नसकेको वताएका छन । पीडितहरुका अनुसार यसअघिको २०७४ सालमा भएको शिक्षक सेवा आयोगको परिक्षामा दैलेख घर भएका खकेन्द्र शाही र कालिकोटका जय वहादुर लगायतको समुहले सक्कलि प्रश्नपत्र परिक्षा अघिनै सेटिङ्ग मिलाएर आउट गरेका थिए । जसका कारण कालिकोट वाट मात्र १८ जनाले परिक्षा दिएकोमा १७ जनाले नाम निकालेका थिए ।
त्यसैले पनि जयवहादुर लगायतको समुहले भनेको कुराको विश्वास लाग्यो ती पीडितले भनेका छन । परिक्षामा प्रश्नपत्र उपलव्ध गराउने आश्वासन दिएकाले आफूहरु आश्वस्त भएर रुपैया दिएको पनि वताएका छन । ठगी गर्ने जयवहादुर लगायतको घर कालिकोट भएकाले पनि धेरै व्यक्ति कालिकोटको ठगीमा परेका छन । ठगीमा परेका व्यक्तिहरु खुलेर उजुरी गर्न सकिरहेका छैनन् । ठगी गर्नेको भने खोजी गरिरहेको वताएका छन ।
ठगीका गर्ने खकेन्द्र शाही , जय वहादुर शाही करिव ३५ देखि ४० वर्षको उमेरका रहेका छन । उनीहरु फरार छन । यस्तै विभिन्न समुह वनाएर यस्तै ठगी धन्धा गर्ने कालिकोट गेलाका जगत वहादुर शाही पनि रहेका छन । उनी पनि सम्पर्क विहिन छन । यस विषयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान गरिरहेको वताएको छ ।
परिक्षार्थीलाई दिएको हस्त लिखित नक्कली प्रश्नपत्र यस्तो छ ः