२२ वैसाख कालिकोट । जिल्लामा एकै दिन वुधावार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
दिन प्रतिदिन बढ्दै गईरहेको कोरोना भाईरस जिल्लामा २४ घण्टा यता ४१ जनामा पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ ।
वुधवार सम्म जिल्लामा कुल १ सय ९२ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड सुचना अधिकारी गौरिकुमारी घर्तीमगरले जानकारी दिनु भयो ।
स्वास्थ्य सेवा कार्यालय कालिकोटले जिल्लामा विशेष सतर्कता अपनाउन र स्वास्थ्य मापदण्डको पालना गर्न जिल्लावासीलाई विशेष अनुरोध गरेको छ ।