नेकपा भित्र पुर्व माओवादीलाई डोमिनेट ! पाँच वर्षसम्म ओली नै प्रधानमन्त्री र पार्टी अध्यक्ष-पोखरेल

जेठ २२, पोखरा । नेपाल कम्युनिष्ट पार्टी भित्र सचिवालय सदस्य ईश्वर पोखरेल भने चट्टान झैं खडा भएका छन् । एक व्यक्ति एक पदको चर्चा व्यापक भइरहेका बेलामा उनी चट्टान झै झै खडा भएका हुन।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिका बुँदा केलाउँदै आफुनै प्रधानमन्त्री हुने भन्दै हिँडेपछि केपी शर्मा ओली प्रधानमन्त्रीसहित पार्टीको अध्यक्ष पनि हुने भन्दै उप्रधानमन्त्रीसमेत रहेका ईश्वर पोखरेलले अडान राख्दै प्रधानमन्त्री र पार्टी अध्यक्ष एउटै भनेका छन् ।अर्थात् पाँच वर्षसम्म ओली नै प्रधानमन्त्री र ओली नै पार्टी अध्यक्ष । तत्कालीन नेकपा एमालेका नेताहरु भड्किइरहेका बेलामा ईश्वर पोखरेल मात्र चट्टान बनेर खडा भएका छन् ।पोखरेलको धैर्य प्रचण्डले आलोपालो प्रधानमन्त्री हुने भन्ने विषय उठाएपछि टुटेको हो । उनले ओलीको एक्लै कबच बन्ने प्रयास गरेका छन् ।

पार्टीको नीतिबारे पनि पोखरेल अडिक

सचिवालय सदस्य पोखरेलले जनताको बहुदलीय जनवाद नै पार्टीको नीति भएको बताएका छन् ।
ओलीका भरोसा लायक अरु पनि नेताहरु होलान् । तर तिनीहरु बोल्दैनन् । उनीहरु विभिन्न स्वार्थमा डुलिरहँदा पोखरेलले भने आफ्नो अडान र ओलीप्रतिको भरोसालाई कायमै राखिरहेका हुन्छन् ।

पोखरेलले राखेको मदन भण्डारी प्रतिपादित जनताको बहुदलीय जनवादलाई ओलीले पनि स्वीकार गर्दै गत जेठको पहिलो साताभर त्यही नीतिलाई अगाडि सारिरहे ।प्रचण्डले भने समय निकै अगाडि बढेको भन्दै पुरानो नीतिमा फर्कन नसकिने बताउँदै आएका छन् । यो विषयमा महाधिवेशनले टुंगो लगाउने भने पनि महाधिवशेन अगाडि नै यो विषयले ठाउँ पाएको हो ।

खासमा पोखरेल प्रचण्डप्रति पार्टी एकतादेखि नै शंकाको दृष्टिले हेर्छन् । जनता सामु गएर एकथरि कुरा गर्ने अनि सचिवालय बैठकमा त्यसो भनेकै हैन भन्ने नीति प्रचण्डको छ । यसप्रति उनी सशंकित छन् ।

एमालेकै नेताहरु ओलीसंग सन्तुष्ट छैनन् । उनीहरु अवसर खोजिरहेका छन् । तर ईश्वर पोखरेल यतिबेला व्यवहारिक दृष्टिकोणले नै अगाडि बढेका छन् ।हुनत ईश्वरको ठूलो गुट छैन । उनले त्यसलाई फराकिलो पनि बनाउँदैनन् । उनी आफू गुटमा भन्दा एकतामा विश्वास गर्ने भन्दै आएका छन् । जो अडिक हुन्छ उसलाई सानातिना आरोह अवरोहले रोक्न सक्दैन ।

त्यसैले त पोखरेलले पार्टीभित्र सहमति र समझदारीको सीमाको दायरा हुने भन्दै त्यही दायराभित्र बस्न सबैलाई आग्रह गरेका छन् । अडान होस् त ईश्वर पोखरलको जस्तो । याे समाचार  राजनीतिक डटकमले छापेको छ ।

प्रतिक्रिया दिनुहोस