आधारभूत स्वास्थ्य केन्द्रबाटै प्रसूति सेवा सुरु, स्थानीय खुसी

जेठ २२, कालिकोट । रास्काेट नगरपालिका वडा नम्बर ८ रहेको बिकल्प आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट प्रसूति सेवा सुचारु भएसँगै आइतबार पहिलो बच्चाको जन्मदिएकाे छ ।

सबै वडामा प्रसूति केन्द्र स्थापना गर्ने नगरपालिकाको लक्ष्यसहित वडा नं ८ को बिकल्प आधारभूत स्वास्थ्य सेवा केन्द्र जेठ १४ गते उद्धघाटन भएसँगै आइतबार बिहान ५:३५ बजे सेवा केन्द्रले पहिलो बच्चाकाे सफलतापुर्बक जन्मदिएकाे हाे

दक्ष्य स्वास्थ्यकर्मी काैसि कुमारी आचार्यको सहयोगमा वडा नम्बर ८ पलातिवाडाका बुवा प्रशान्त न्याैपाने र आमा राजु न्याैपानेकाे पहिलो सन्तान छाेरीकाे सफलतापूर्वक जन्मदिएकाे स्वास्थ्यकर्मी आचार्यले बताउनुभयो ।

आमा र बच्चा दुबैकाे स्वास्थ्य अवस्था सामान्य रहेको र बच्चाको ताैल २.५ केजी रहेको आधारभूत सेवा केन्द्रका इन्चार्ज कृष्णप्रसाद बरालले बताउनुभयो ।

स्थानीय महिलालाई वडास्तरमै प्रसूति सेवा दिन पाउदा खुसी लागेको उहाँले बताउनुभयो । “यस क्षेत्रका महिलालाई सुरक्षितरुपमा आफ्नै ठाउँमा प्रसूति सेवा दिनका लागि प्रसूति केन्द्र सञ्चालनमा ल्याएको हाे”, उहाँले भन्नुभयो, “यसले गर्दा घरमै असुरक्षित सुत्केरी हुने प्रचलन पनि हट्ने विश्वास लिएका छौँ ।” घरमा सुत्केरी हुँदा महिला र बच्चा दुवैको स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले प्रसूति केन्द्रमा नै आएर प्रसूति गराउन पनि सबैलाई आग्रह गर्नुभयो ।

स्वास्थ्य सेवा केन्द्रमा प्रसूति सेवा सञ्चालनका लागि सबै उपकरण व्यवस्थापन गरिसकिएको छ । गर्भवती जाँच, सुत्केरी सेवा तालिम प्राप्त स्वास्थ्यकर्मी बाट प्रदान भइरहेको पनि उहाँले बताउनुभयो ।

सुत्केरी भएपछि आवश्यक जाँचको व्यवस्थासमेत गरिएको छ । प्रसूति सेवा केन्द्र संचालनका लागि सहयोग गर्ने रास्कोट नगरपालिका, स्वास्थ्य सेवा कार्यलय कालिकोट, वडा कार्यालय लगायत सम्पूर्णमा धन्यवाद समेत दिनुभयो ।

इन्चार्ज बरालका अनुसार गाउँघरमै प्रसूति केन्द्र नहुँदा महिलालाई समस्या हुँदै आएको छ । प्रसूति केन्द्रको अभावमा घरमै सुत्केरी गराउँदा कतिपयले त ज्यान पनि गुमाएको उहाँको भनाइ छ । प्रसूति सेवा केन्द्रबाट रास्काेट नगरपालिका ८ बाँखरकाेट, पाटेडील, पलातिवाडा र बावन्थानका महिला लाभान्वित हुनेछन् ।

यसअघि स्वास्थ सेवा लिन फुकाेट स्वास्थ्य चौकी जानुपर्ने बाध्यता भएपनि अब वडामै प्रसूति सेवा सञ्चालनमा आएपछि स्थानीय महिलाहरू खुसी भएका छन ।

प्रतिक्रिया दिनुहोस