यातायात व्यवसायीको ‘सिण्डीकेट’ विरुद्ध चौकुने, टिप्परबाट नागरिकलाई जाेखिमपूर्णा यात्रा गराउदै

२० साउन, सुर्खेत। सुर्खेत पश्चिममा पर्ने चौकुने गाउँपालिकाले आफ्ना नागरिकलाई गन्तव्य सम्ममा पुर्‍याउनका लागि टिप्परबाटै जाेखिमपूर्ण यात्रा गराउन सुरू गरेको छ ।

सुर्खेतका संयुक्त यातायात व्यवासायीहरूले चौकुनेमा सिन्डिकेट लगाएपछि गाडीहरू सञ्चालन नहुदा नागरिकले सास्ती भोगेको भन्दै चौकुने गाउँपालिकाले यातायात व्यावसायी विरुद्ध उत्रिदै टिप्परबाटै भएपनि जाेखिमपूर्ण यात्रा गराउन बाध्य भएको हाे ।

गाउँपालिकाले शनिबारदेखि निःशुल्क यात्रा सेवाका लागि सञ्चालन गरेकाे टिप्परमा संयुक्त यातायातका ज्यादतीविरुद्धमा चौकुने गाउँपालिका नारासमेत उल्लेख गरेको छ।

बारम्बार यातायात व्यवसायीसँग अनुरोध गर्दा उनीहरूले चौकुनेमा गाडी ल्याउनुको साटो बेवास्ता गरेपछि नागरिकलाई प्रदेश राजधानी वीरेन्द्रनगरसम्म टिप्परमै यात्रा गराउन थालिएको गाउँपालिका अध्यक्ष खड्क विक (विवश)ले जानकारी दिनुभयाे ।

‘यहाँ गाडी आउन छोडेको पनि ४२ दिन भइसक्यो। बाटो पनि राम्रो छ। बिग्रेको ठाउँमा हामीले नै बनाइदिन्छु भन्दा पनि यातायातका साथीहरूले वास्ता गर्नुभएन’ अध्यक्ष विकले भन्नुभयाे, ‘केही निजी बोलेरोहरूले मनलाग्दी भाडा लुटेका छन्। बिरामी, गर्भवती र ज्येष्ठ नागरिकलाई सास्ती भएपछि गाउँपालिकाको टिप्परमै निःशुल्क नागरिकहरूलाई सेवा दिन थालेका हौं। अब केही समयपछि पालिकाले नै गाडी खरिद गर्नेगरी तयारीमा छौं।’

टिप्परमा नागरिक लिनु रहर नभएर बाध्यता रहेको उहाँले बताउनु भयाे । यातायातको व्यवस्था नभएसम्म गाउँपालिकाकै टिप्पर र तेल खर्च गरिने उहाँको भनाइ छ ।

गाउँपालिकाले सुरुमा भे१ग १२९ र भे १ ग १३० नम्बरको टिप्परबाट यात्रुलाई सेवा दिइएको छ। अध्यक्ष विकका अनुसार शनिबारबाट दुईवटा टिप्पर र आइतबारबाट चार वटा टिप्परबाट सेवा दिइनेछ।

यातायात व्यवसायीले पञ्चपुरी-९ विद्यापुरसम्म मात्रै सेवा दिँदा चौकुनेवासी मारमा परेका हुन् ।

यस्तो छ गाउँपालिकाकाे विज्ञप्ति

प्रतिक्रिया दिनुहोस