नेकपा उदयपुरमा लक्ष्मणको नेतृत्वमा २१ सदस्य नयाँ नेतृत्व निर्वाचित

२० भाद्र,काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी उदयपुरको सोमवार सम्पन्न तेस्रो जिल्ला सम्मेलनले लक्ष्मणको नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।
आइतवार उदयपुर जिल्लाको सदरमुकाममा भव्य रर्याली गर्दै उद्घाटन भएको सम्मेलनको बन्दशत्रले नयाँ नेतृत्व निर्वाचित गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा उदयपुर ,ओखलढुंगा ईन्चार्ज तथा कार्यक्रमका प्रमुख अतिथि विबेक कुमालले सचिब सहितको प्यानल प्रस्ताव पेश गरेपछि सर्वसहमतिमा हलले सचिब सहित कमिटिलाई निर्वाचित गरेको थियो ।
बन्दशत्रमा प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य विबेकले प्रशिक्षण मन्तव्य राख्दै सरकारले नेपाल कम्युनिस्ट पार्टी संग गरेको तिनबुंदे सहमति कार्यान्वयन नगरे गम्भीर अवस्था आउने चेतावनी दिनु भयो ।
उहाँले आफ्नो पार्टीका महासचिव लगाएतका नेताकार्यकर्ताहरुलाई जारी गरिएको पक्राउ पुर्जीखारेज गर्न र सहमति लागू गर्न सरकारलाई सुभाव दिनु भयो । उहाँ नयाँ निर्वाचित जिल्ला समितिलाई वधाई दिर्दै कार्यकाल सफलताको शुभकामना पनि दिनु भयो ।

प्रतिक्रिया दिनुहोस