४७ वर्षीया लिज ट्रस महिला बेलायतकी नयाँ प्रधानमन्त्री

२० भाद्र ,लण्डन । कन्जरभेटिभ्स पार्टीकी नेता लिज ट्रस बेलायतकी नयाँ प्रधानमन्त्री वन्नु भएको छ ।

अहिले विदेश मन्त्री रहनु भएकी ट्रसले कन्जरभेटिभ्स पार्टीको नेतृत्वका लागि भएको चुनावमा जित हात पारेसँगै उहाँ बेलायतकी नयाँ प्रधानमन्त्री वन्नु भएको हो

बिबिसीका अनुसार सोमबार दिउँसो चुनावी नतिजा सार्वजनिक भएको हो । नतिजामा भारतीय मूलका अर्का प्रतिष्पर्धी ऋषि सुनक पराजित हुनु भएको छ ।

बेलायतको तल्लो संसदमा कन्जरभेटिभ्स पार्टीको एकल बहुमत छ । संसदमा बहुमत भएकाले कन्जरभेटिभ्स पार्टीका नेता नै प्रधानमन्त्री वन्नु भएको हो ।

यो जितसँगै ४७ वर्षीया ट्रस प्रधानमन्त्री बन्ने तेस्रो बेलायती महिला वन्नु भएको छ । यसअघि मार्गेट थ्याचर र थेरेसा मे बेलायतका प्रधानमन्त्री वन्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस