१९ कार्तिक, मुगु । मुगुमा ५ दिने आधारभूत पत्रकारिता तालिमको आज उद्घाटन भएको छ ।
जनपत्रकार संगठन नेपाल उत्तर कर्णाली ब्युरोकाे आयोजनामा ५ दिने आधारभूत पत्रकारिता तालिमको उद्घाटन भएको हो ।
‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो ऐक्यबद्धता,मानवअधिकारको रक्षा र वैज्ञानिक समाजवादको लागि जनपत्रकारिता’ भन्ने नारा सहित तालिमको उद्घाटन भएको छ ।
उद्घाटन सत्रमा जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मा, नेकपा केन्द्रीय सदस्य तथा मुगु जिल्ला इन्चार्ज समाज सी, जिल्ला सेक्रेटरी शंकर सी, जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य शाेभराज बराल, कर्ण विश्वकर्माको आतिथ्यता रहेको थियो ।
जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्माले जनपत्रकारहरु जनताको पत्रकार भएकाले समाज परिवर्तनका लागि कलम चलाउनु पर्नेमा जाेड दिनुभयो ।
तालिममा उत्तर कर्णाली ब्युरोकाे हुम्ला, मुगु र जुम्ला जिल्लाहरु करिव डेढ दर्जन प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।
तालिममा समाचार के हो ? पत्रकारिता के हो ? र समाज परिवर्तनका लागि कस्तो पत्रकारिता गर्नु पर्छ ? भन्ने आदि विषयहरुमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञानको सिकाई गरिनेछ ।
जनपत्रकार संगठन नेपालका उत्तर कर्णाली ब्युरो उपेन्द्र रावलकाे अध्यक्षता रहेको थियो भने कल्पना राेकायाले संचालन गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस