नेकपाका जिल्ला सल्लाहकार धर्मराज रोकाया (राजन)को दुखत निधन

२० मंसिर, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटको जिल्ला पार्टी सल्लाहकार समितिका सदस्य धर्मराज रोकाया (राजन)को ६३ बर्षको उमेरमा दुखत निधन भएको छ ।
लामो समयदेखि फोक्सोको क्यान्सर रोगबाट पीडित रोकायाको विहिवार दिउसो १ बजे आफ्नै घरमा निधन भएको हो ।
उहाँको जन्मघर रास्कोट नगरपालिकाको वडा नम्वर ८ कोल्लाईनामा निधन भएको वारिपारिक श्रोतले जनाएको छ ।
कम्युनिष्ट आन्दोलनका एउटा धरोहर तथा पुराना पाका कम्युनिष्ट नेताको रुपमा उहाँलाई सबैले चिन्ने गर्दथे ।
उहाँ तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले संचालन गरेको महान जनयुद्धमा सक्रिय रुपमा सहभागी समेत हुनु भएको थियो ।
पार्टीमा पूर्णकालिन हुनु पूर्व उहाँले लामो समय जनसत्ताको जिम्मेवारी लिएर माओवादी जनयुद्धमा महत्वपूर्ण योगदान पुर्याउनु भएको माओवादी घटक भित्रका नेताहरुले बताउने गरेका छन । उहाँका चार छोरा,वुहारी,एक छोरी र एक जीवनसंगीनी छन ।
उहाँको दुखत निधनले नेकपालाई मात्र नभई सिंगो कम्युनिष्ट आन्दोलनमा अपूरर्णीय क्षति हुन पुगको भन्दै नेपाल कम्युनिष्ट पार्टीले दुख व्यक्त गरेको छ ।
पार्टीले निधन भएका क्रान्तिकारी योद्धा राजन प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घरपरिवारमा गहिरो समवेदना व्यक्त गरेको छ । उहाँको दाहासंस्कार भोलि मात्र गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस