बरु मर्न तयार छाैँ, भूभाग गुम्न दिदैनौँः सेक्रेटरी रणदिप

मंसिर १९, कालिकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कालिकोटका जिल्ला सेक्रेटरी रणदिपले बरु मर्न तयार रहेको तर भूभाग गुम्न नदिने बताउनु भएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पुर्व घोषित कार्यक्रम अनुसार बिहबार भएको विशाल नेपालको नक्सा पर्दशन कार्यक्रममा यस्तो बताउनु भएको हो ।

जिल्ला सेक्रेटरी रणदिपले बिप्लव नेतृत्व कम्युनिष्ट पार्टी राष्ट्रियताको पक्षमा बोल्दा प्रतिबन्धित हुनु परेको स्मरण गर्दै अझ झनै भारतिय साम्राज्यवादको दादागिरी बढेकोले बिगत पुर्खादेखी गुमेको भुभाग फिर्ताका लागि आफ्नो पार्टी अन्तिम सम्म लड्ने र आम नेपालीले साथ दिने बिश्वास ब्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस