चुनाब उत्सव होइन,जनताले खारेज गरेका छन ः विराट

१९ मंसिर,कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विराट सीले दलाल संसदीय व्यवस्थाको चुनाव दलालहरुले उत्सवको रुपमा गरेको भनेपनि जनताले खारेज गरेको वताउनु भएको छ ।

आईतवार रास्कोट नगरपालिको सिप्खानामा शान्नित्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिकाको संयुक्त पार्टी प्रशिक्षण कार्र्याक्रमलाई प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै केन्द्रीय सदस्य विराटले यस्तो वताउनु भएको हो ।

जिल्ला इन्चार्ज समेत रहनु भएका नेता विराटले चुनाव वैधानिक र जनअनुमोदित हुन करिव ७५ प्रतिशत भन्दा माथि मत खस्नु पर्नेमा मस्किलले ६० प्रतिशतको हाराहारीमा मत पुगेकाले चुनावलाई जनताले पूर्ण खारेज गरेको दाबी गर्नु भयो ।

उहाँले खसेको मत पनि दलालहरुले वुथ कव्जा गरेर अरुको नाममा समेत मतहालेर ६० प्रतिशतको हाराहारीमा मत पुर्याएको वताउनु भयो । उहाँले खास संसदीय चुनाव नेपालका परिवर्तनशील जनताले खारेज गरेकाले यो कुनै जनताको लागि उत्सव नभएको वताउनु भयो ।

उहाँले व्यवस्था नै जनताको नभएकाले जुनसुकै व्यक्ति वदले पनि जनताको जीवनस्तरमा कुनै परिवर्तन नहुने ठोकुवा गर्नु भयो ।

दलाल पूजीवादी व्यवस्थाको अन्त्य नगरी र नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना नगरी नेपाली जनताको मुक्ति नहुने वताउदै नेता विराटले त्यसका लागि दलाल संसदीय व्यवस्थाको अन्त्यको अभियान एकीकृत जनक्रान्तिको वाटोमा लाग्न अपिल गर्नु भयो ।

 

कार्यक्रममा पार्टी जिल्ला सेक्रेटरी तथा केन्द्रीय प्रतिनिधि सदस्य साहासी सी, पार्टी केन्द्रीय प्रतिनिधि सदस्य तथा कालिकोट जिल्ला सल्लाहकार समितिका सयोजक समग्र सी, जनपरिषद कालिकोट जिल्ला उपप्रमुख छाया सी,युवा संगठन की अध्यक्ष सृजना सी, सहिद परिवारवाट इन्द्रबहादुर शाही र मनकला टमट्टा लगायतको आतिथ्यता रहेको थियो ।

रास्कोट नगरपालिका पार्टी इन्चार्ज निर्देशन सीको अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रमको संन्चालन सान्नित्रिवेणी गाउँपालिका इन्चार्ज मन सीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस