काठमाडौंमा हावा नचल्दा प्रदूषण वढ्यो


२२ पुस काठमाडौँ । काठमाडौंको वायुमण्डल दुई दिनयता बादलले ढाकेको छ । हावा नचल्दा प्रदूषण वढ्ेको विज्ञहरुले वताएका छन । ‘वायुमण्डलको तल्लो तहमा अत्यधिक धूलो र धूवाँ तैरिएर बसेको छ,’ जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले भन्नु भएको छ  ।
उहाँका अनुसार हावा नचलेकाले प्रदूषण जमिनभन्दा केही माथिको सतहमा छ । धेरै किसिमको प्रदूषण मिसिएकाले सर्वसाधारणले आँखा पोलेको महसुस गरेका छन ।
हावा नचल्नु र पानी पनि नपर्नुले वायुमण्डल प्रदुशित भएको मौषमविद पौडेले वताउनु भएको छ ।
आज बाट बादल हट्दै गएर घाम लाग्ने भएकाले प्रदूषणको मात्रा घट्दै जाने विज्ञहरूले बताएका छन  । ‘भिजिबिलिटी’ पनि बढ्ने छ । सोमबारदेखि काठमाडौंमा वायुको गुणस्तर सूचकांक (एक्यूआई) अत्यधिक बढेको हो । काठमाडौंका विभिन्न स्थानको वायुको गुणस्तर सूचकांक सोमबार र मंगलबार ४ सयभन्दा माथि नाघेको देखिएको छ । वातावरण विभागअन्तर्गतका वायु गुणस्तर मापन केन्द्रले पनि एक्यूआईले जोखिमको तह नाघेको देखाएका छन  ।

 

प्रतिक्रिया दिनुहोस