नेकपा कालिकोट द्धारा संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न

पुस २२, कालिकोट । नेकपा कालिकोटले खाँडाचक्र नगरपालिका वडा नम्बर ९ मा रहेकाे जनज्योति माध्यामिक विद्यालयमा संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

एक महिने भण्डाफोर तथा संगठन सुदृढ अभियानको क्रममा शुक्रबार जनज्योति माध्यामिक विद्यालयका शिक्षक, विद्यार्थी, अभिभाक, विद्यालय व्यवस्थापन समिति र जनप्रतिनिधि विच संयुक्त अन्तरक्रिया गरेको हाे ।


अन्तरक्रिया कार्यक्रममा विद्यालयका नि. प्रअ मीम बहादुर सिंह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिम बहादुर मल्ल, वडा सदस्य अबिसरा अधिकारी र कृषि एजी अध्यनरत विद्यार्थी सावित्री महतारा लगायतले आफ्नो धारणा राख्दै अन्य राजनीतिक दल चुनावमा मात्रै गाउँमा देखिने अरू बेला जनताको दुःखमा नहेर्ने गरेको भन्दै नेकपा निरन्तर जनता सँग सुखदुःख गर्ने पार्टी भएको भन्दै खुशी व्यक्त गरे ।

सहभागीले अब नेकपा नेपाली जनताको आशावादी पार्टी भनेको भन्दै आगामी दिनमा पनि जनपक्षीय कार्यमा अझै सशक्त भएर लाग्न सुझाव दिए ।


नेकपा केन्द्रीय सदस्य रणदिप सीले वर्तमानमा राज्यव्यवस्था दलालहरुको व्यवस्था भएकाले सिमित मुट्ठीभर दलालहरु उत्साहित भए पनि आम जनतामा कुनै उत्साह भएको बताउनुभयो ।

संसदवादी दलहरुले आफुलाई नसच्चाए अबको परिवर्तनकारी आन्दोलनले बढार्ने चेतावनी दिनु भयो । उहाँले शैक्षिक क्षेत्रमा देखिएका विकृति विसंगतिलाई अन्त्य गर्न सबै सराेकारवाला निकाय जिम्मेवार बन्नु पर्ने पनि सुझाव दिनुभयो ।


अन्तरक्रिया कार्यक्रममा जिल्ला सल्लाहाकार संदस्य सन्देश सीले, शुभकालिका गाउँपालिका इन्चार्ज सुनिल सी, युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष मिनेश सीले पनि धारणा राखेका थिए भने कार्यक्रमको संचालन तिलागुफा नगरपालिका ईन्चार्ज रमेश सीले गर्नु भएको थियो ।

यस्तै गत असाेज महिनामा आएको बाढी पहिराेका कारण विद्यालयमा आवतजावत गर्ने बाटो अवरुद्ध भएकाले विद्यार्थीलाई आवतजावतमा समस्या भएकाले अवरुद्ध २५ मिटर जति बाटो नेकपाले निर्माण कार्यमा सहयोग गरेको थियो । बाटो निर्माण गरिदिएकोमा खुशी हुदै शिक्षक, विद्यार्थी र अभिवावकले धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस