२४ माघ, कालिकोट । जिल्लाको पचालझरना गाउँपालिकामा नेकपा माओवादी केन्द्र परित्याग गरी ३ जना कार्यकर्ता विप्लव नेतृत्वको नेकपामा प्रवेस गरेका छन ।
माओवादी केन्द्रका पुराना कार्यकर्ता जर्मन, नविन र प्रदिपे सीले माओवादी केन्द्र परित्याग गरी नेकपामा प्रवेश गरेका हुन ।
नेकपाको जिल्ला कमिटीको वैठकले धुव्रीकरणलाई जोड दिने निर्णय गरेको केही दिनपछि पचालझरना गाउँपालिकाको बैठकमा ३ जना नेकपामा धुव्रीकृत भएको नेकपाले जनाएको छ ।
नेकपा पचालझरना गाउँपालिकाको विहिवारको वैठकमा धुव्रीकृत हुन आउने ३ जना कार्यकर्तालाई नेकपाका जिल्ला इन्चार्ज विवेक सीले स्वागत तथा सम्मान गर्नु भयो ।
धुव्रीकरणमा आउने कार्यकर्तालाई उचित जिम्मेवारी दिने आश्वासन दिदै नेकपाका इन्र्चाज विवेक सीले गाउँकमिटीको बैठकमा सहभागी गराउनु भएको थियो ।
बैठकलाई इन्चार्ज विवेक सीले सम्वोधन गर्दै सच्चा कम्युनिष्टहरुको एकीकरण तथा धुव्रीकरणको अभियान देशभर सुरु भएको बताउनु भयो ।
उहाँले नेपालमा दलाल पुँजीवादका विरुद्ध कम्युनिष्टहरु एक हुनुको विकल्प नभएकोमा जोड दिनु भयो ।
नवप्रवेसी जर्मन सीले नेकपा माओवादी केन्द्रले क्रान्तिको मार्ग छोडेको र त्यसमा नातावाद, कृपावाद र भ्रष्टाचार मौलाएकोले माओवादी केन्द्र परित्याग गरी नेकपामा प्रवेस गरेको बताउनु भयो ।
गाउँ कमिटीको बैठकले पार्टी केन्द्र, प्रदेश र जिल्ला समितिको बैठकले गरेका निर्णयहरु सक्रियतापूर्वक कार्यान्वय गर्ने निर्णय गरेको छ ।
बैठकले एकता र धुव्रीकरणलाई जोड दिने,अभियानात्मक रुपमा वैचारिक र राजनीतिक कार्यक्रमहरु संचालन गर्ने लगायतका निर्णयहरु गरेको छ ।
गाउकमिटी ईन्चार्ज रणदिप सीको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला इन्चार्ज विवेक सीको प्रमुख आतिथ्यता, सीआसी दिलमान सी, जिल्ला कमिटी सचिवालय सदस्य तखत सी, दिगदर्शन सीको आतिथ्यता रहेको थियो ।