२४ माघ, डोटी । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले डोटीमा विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेस गरेका १४ जनालाई स्वागत तथा सम्मान गर्नु भएको छ ।
डोटी जिल्लाको छ्रैटौं पूर्ण बैठकमा सहभागी हुन बुधवार डोटी पुग्नु भएका नेता भरत सीले नवप्रवेसीहरुलाई अविर तथा खादा लगाएर स्वागत सहित वधाई दिदै सम्मान गर्नु भएको हो ।
उहाँले नेकपामा सच्चा तथा क्रान्तिकारी इमान्दार कम्युनिष्टहरुको देशभर धुव्रीकरण सुरु भएको बताउदैे धुव्रीकरण अभियान डोटीमा पनि हुनु खुसीको कुरा भएको बताउनु भयो ।
उहाँले आउने दिनमा अझै धुव्रीकरणको लहर चल्ने पनि दावी गर्नु भयो ।
नवप्रवेसीहरुमा सायल गाउँपालिका वडा नम्बर ६ का दिल बहादुर विक, दिपायल सिल्गडी नगरपालिकाका वडा नम्बर ३ का रोषन नेपाली, वडा नम्बर २ का ध्वज बहादुर शाही, शिखर नगरपालिका वडा नम्बर ११ का कृष्ण बलायर रहेका छन ।
त्यसैगरी दिपायल सिल्गडी नगरपालिकाका वडा नम्बर १ का शेर बहादुर विक, नारु देवि विक, कमला नेपाली र चन्द्र नेपाली, वडा नम्बर ३ का पुष्कर विक र प्रेम आउजीले, सिल्गडी नगरपालिकाका वडा नम्बर ४ का पार्वती भूल, अमृत भूल, कल्पना भूल, बसन्ती भूल रहनु भएको छ ।
यसैविच जिल्लाको छैटौं बैठकलाई सम्वोधन गर्दै नेता भरत सीले एनजिओ आईएनजिओसंग पार्टी सतर्क हुन आएको सुझावमा नेकपा सधै एनजिओ आईएनजिओको गतिविधिप्रति सचेत रहेको बताउनु भयो ।
उहाँले भन्नु भयो ‘पछिल्लो समय यीनिहरुको काम कम्युनिस्ट समाजवाद रोक्ने हो । ट्रमको युएसएआईडी रोक्ने कदम एक चालबाजी मात्रै हो । अमेरिकी बर्चस्वको निरंतरताको नयाँ शैली मात्रै हो ।’
उहाँले एनजिओ आईएनजिओ भनेको साम्राज्यवादको डिजाईनमा चल्ने कार्यक्रम भएको दावी गर्दै नेपालबाट यसलाई सधैको लागि विस्थापित गर्नु पर्ने धारणा राख्नु भयो ।
बैठकले संगठन सुदृढ तथा विस्तार गर्ने, उत्पादनमा जोड दिने, धुव्रीकरणमा जोड दिने लगायतका विभिन्न निर्णय गरेको छ ।