उत्पीडनका विरुद्ध शिक्षकको जागिर छोडेर जनयुद्धमा बन्दुक बोकेको हुँ, अन्तिमसम्म लडिरहन्छुः प्रकाण्ड सी

२३ माघ, कालिकोट । नेकपा (माओवादी)का प्रवक्ता तथा प्रतिनिधि सभाका उम्मेदवार प्रकाण्ड सीले समाजको उत्पीडन विरुद्ध स्थायी शिक्षकको जागिर छोडेर जनयुद्धमा बन्दुक बोकेर लडेको भन्दै उत्पीडन अन्त्य नहुदासम्म अन्तीमसम्म लडिरहने बताउनु भएको छ ।
खाँडाचक्र नगरपालिकाको वडा नम्वर १ कोईरलगाउँमा आयोजित चुनावी भेटघाट कार्यक्रमलाई शुक्रवार सम्वोधन गर्दै प्रवक्ता प्रकाण्डले समाजको उत्पीडन विरुद्ध स्थायी शिक्षकको जागिर छोडेर जनयुद्धमा बन्दुक बोकेर लडेको भन्दै उत्पीडन अन्त्य नहुदासम्म अन्तीमसम्म लडिरहने बताउनु भएको हो ।
उहाँले भन्नु भयो ‘जनयुद्ध त्यत्तिकै भएको होईन,वर्गीय, जातीय, क्षेत्रीय उत्पीडन विरुद्ध मैले स्थायी शिक्षकको जागिर छोडेर बन्दुक बोकेको हुँ । अहिले पनि हाम्रा समूदाय,दिदिवहिनीहरु, दाजुभाईको मुक्ति हुन सकेको छैन, माओवादी भित्र प्रचण्ड वावुरामहरुले जित्न लागेको जनयुद्ध विघठन गरे, विचलनकारी भए, जसले गर्दा जनताको व्यवस्था अझै भईसकेको छैन ।’
उहाँले जनताको व्यवस्था हुनका लागि जनताको आफ्नै नेताले जित्नु पर्ने बताउनु भयो । प्रवक्ता प्रकाण्डले २०६४ सालमा सविधान सभाको सदस्यमा विजय गराएर काठमाडौमा गएपनि सिंहदरवार भित्रका अपराधिहरुले जनताको संविधान बन्न नदिएको जिकिर गर्नु भयो ।
माओवाद र माओवादी नामै सिध्याएर प्रचण्डहरुले नेपाली कम्युनिष्ट पार्टी बनाउनु नेपाली जनतालाई धोका दिएको बताउनु भयो । उहाँले जनताको वास्तविक माओवादी पार्टी अहिले पनि जीवित गरेको बताउनु भयो ।
उम्मेदवार प्रकाण्डले उत्पीडित बर्ग,समुदाय, महिला, युवा,कर्मचारी,शिक्षक लगायतले आफ्नो अधिकार स्थापनाको लागि सहि नेता छान्नुपर्ने बताउनु भयो ।
भ्रष्ट र कमिशनखोरहरुलाई जिताएर पठाए नेपाली जनताले फेरी पनि दुख पाउने बताउनु भयो । उहाँले सहिदहरुको सपना पुरा गर्न र जनतासंग गरेको बाचा पुरा गर्न आफुलाई एकपटक जिताएर पठाउन पनि आग्रह गर्नु भयो ।
नेता प्रकाण्डले आफु २०४२ सालमा यही गाउँमा बसेर टुयुसन पढी एसएलसी दिएको स्मरण गर्दै जनताको नेतालाई सम्झिन अपिल गर्नु भयो ।
यसअघि बडा नम्वर २ मा भएको चुनावी भेटघाटमा नेता प्रकाण्डले ‘बच्चाले रोएपछि दुध खान पाउँछ तर यदि आमा नै नहुने हो भने बच्चाले दुध खान पाउदैन’ भने जस्तै जनताको नेता नभए जनताको काम नहुने स्पष्ट पार्नु भयो ।
चुनावी भेटघाटमा जनताले धेरै माया गर्दै भव्य स्वागत समेत गरेका थिए । मतदाताहरुले एकपटक प्रकाण्डलाई नै मत दिने बचन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस