हिमचुली कृषि सहकारी संस्था जनयुद्धको उत्पादन होः भरत सी

२२ फागुन, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले कालिकोट जिल्लामा संचालित हिमचुली कृषि सहकारी संस्था जनयुद्धको उत्पादन भएको बताउनु भएको छ ।
हिमचुली कृषि सहकारी संस्था लिमिटेड रास्कोट सेवा कार्यालयले रास्कोट नगरपालिका वडा नम्वर ७ मा विहिवार आयोजना गरेको सदस्य शिक्षा तथा भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै स्थायी समिति सदस्य भरत सीले हिमचुली कृषि सहकारी संस्था जनयुद्धको उत्पादन भएको बताउनु भएको हो ।
सहकारी संस्थाका संस्थापक सल्लाहकार समितिका संयोजक समेत रहनु भएका नेता भरत सीले सहकारी आफू जिल्ला इन्चार्ज भएको बेला आफ्नो परिकल्पनाको आधारमा जिल्लामा स्थापना गरिएको जानकारी दिनु भयो ।
उहाँले सहकारी बनाउने योजना आफ्नो नेतृत्वको पार्टीले २०६५ सालमा गरेपछि त्यसको कार्यान्वयनको जिम्मा काशीन्द्र बराललाई दिएको स्पष्ट पार्नु भयो ।

उहाँले निशुल्क सेवा गर्ने राजनीति भएपनि शुल्क लिने राजनीति हुन थालेकोमा चिन्ता व्यक्त गर्नु भयो । नेता भरत सीले सहकारीहरु सहकारी सिद्धान्त अनुसार नचल्दा र शुल्क लिने राजनीति हुदा देशभर समस्या आएको टिप्पणी गर्नु भयो । उहाँले हिमचुली सहकारीमा समस्या विना सहकारी राम्रोसंग चल्नु नीति र सिद्धान्त कार्यन्वयन गर्ने नेतृत्वको इमान्दारीता भएको भन्दै संचालक समितिलाई धन्यवाद दिनु भयो ।

कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष काली वहादुर महताराले सहकारी छरिएर रहेको श्रम र पुँजीलाई सामुहिक ढंगले लगानी गरी जनता समृद्धि पार्ने संस्था भएको बताउनु भयो । उहाँले हिमचुली सहकारी संस्थाले तरकारी तथा पशुपालन कर्जा ९ प्रतिशत,कृषि कर्जा १३ प्रतिशत, व्यावसायी तथा उद्यम कर्जा १४ प्रतिशत बािर्षक व्याजदरमा लगानी गरिरहेको भन्दै कर्जा लिएर सहि सदुपयोग गर्न सदस्यहरुलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष तथा सहकारीका सदस्य दिनेश सीले सहकारीले राम्रो काम गर्दै गएको भन्दै फेरी पनि राम्रो गर्न सुझाव दिनु भयो । उहाँले युवाहरु श्रम र समय नबुझेर विदेशीने गरेको भन्दै युवाहरुलाई स्वदेशमै श्रम र समयको सदुपयोग गर्न सिकाएर उत्पादनमा लाग्न सुझाव दिनु भयो । जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिव तथा सहकारीका सदस्य वसन्त विकले सहकारीले राम्रो गरेकोमा धन्यवाद दिनु भयो ।

सहकारी संस्थाको सहायक व्यवस्थापक रुपेन्द्र ऐडीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सहकारीका संचालक समिति सदस्य निल सुनार (निर्देशन) ले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस