त्रिविमा अनलाइन परीक्षा फाराम भर्न र मार्कसिट आफैँले प्रिन्ट गर्न पाइने

चैत्र २३, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अबदेखि स्नातक तह प्रथम वर्षको परीक्षा फाराम विद्यार्थीले अनलाइनमार्फत भर्ने व्यवस्था गर्ने भएको छ ।

त्रिविले अब परीक्षा हुने स्नातक तह प्रथम वर्षको परीक्षाको फाराम अनलाइनमार्फत् भर्ने व्यवस्था सुरु गरेको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले क्याम्पसले नै भरिदिने व्यवस्था गरेको अनलाइन फारामपछि विद्यार्थीले आफैंले नै भर्नसक्ने छन् ।यसरी विद्यार्थीले अनलाइनमार्फत् भरेका परीक्षा फारामको प्रवेश पत्र आफैँले नै प्रिन्ट गरेर लिन पाउने उहाँले बताउनुभयो ।

आफैँले प्रिन्ट गरेको प्रवेशपत्र लिई परीक्षामा सहभागी हुन पाउने छन् । यस्तै त्रिविले अबदेखि फोटोसहितको रजिष्ट्रेशन स्लिप लागू गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस