प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री ओलीबीच भेटवार्ता,पछिल्लो अवस्थाकावारे छलफल

२३ बैसाख, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । भेटवार्तामा देशको पछिल्लो वर्तमान अवस्था र विकसित राजनीतिक घटनाक्रमका विषयमा गम्भीर छलफल भएको बताइएको छ ।
प्रवक्ता प्रकाण्ड सी र प्रधानमन्त्री ओलीबीच भएको भेटवार्तामा प्रतिगामी तत्व र दलालहरु गणतन्त्र र परिवर्तनविरुद्ध षडयन्त्र गर्न तल्लिन रहेको वारे छलफल भएको छ । यस्तै बाह्य शक्तिको आशिर्वाद प्राप्त गर्न दौडधुप गरि राखेको विषयमा समेत गम्भीर छलफल भएको बताइएको छ ।
भेटवार्तामा गणतन्त्रको रक्षा, वर्तमान अवस्थामा देश र जनताका सामु रहेका समस्याका समाधानका लागि क्रान्तिकारी र प्रगतिशील शक्तिबीचको आगामी सहकार्यका विषयमा समेत छलफल भएको छ ।
प्रवक्ता प्रकाण्ड सी र प्रधानमन्त्री ओलीबीच भएको भेटवार्तामा तत्कालिन केपी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको ३ बुँदे सहमति लागू गर्ने विषयमा समेत छलफल भएको छ । ३ बुँदे सहमति कार्यन्वयन गर्न थप गृहकार्य अगाडि बढाउने समझदारी समेत भएको बताइएको छ ।
यसैगरी भेटवार्तामा जनपहल, जनसंघर्ष र जनपरिचालनको माध्यमबाट परिवर्तनको दिशालाई अगाडि बढाउने समझदारी समेत भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस