भारतमा बस छुट्दा दल दर्जी सम्पर्क विहिन, खोजीमा सहयोग गरिदिन परिवारको अपिल

२३ जेठ, कालिकोट । रास्कोट नगरपालिका वडा नम्वर ८ घर हुनु भएका अन्दाजी ६२ बर्षिय बृद्ध दल दर्जि भारतको पुना जाँदै गर्दा सम्पर्क विहिन हुनु भएको छ ।

जेठ १८ गते भारतको पुना यात्रा गरिरहनु भएका दर्जि भारतको कसरामा बस रोकेर खाना खान झरेका बेला सम्पर्क विहिन हुनु भएको हो ।

खाना खाएर शौचालय जानु भएका दर्जि बसमा आउन नपाउदै बस हिडेको थियो । यात्राको क्रममा संगै छोरा वुहारी भएपनि उनीहरु बसमा बसिसकेको र बसलाई रोक्नु भन्दा भन्दै नरोकिएपछि दर्जी परिवारका सदस्यबाट सम्पर्क विहिन भएको पारिवारिक श्रोतले बताएको छ ।

दलसंग पैसा पनि नभएको र मोवाइल पनि नभएका कारण सम्पर्क हुन सकेको छैन । छोरा वुहारीसंगै यात्रा गरिरहेका कारण उहाँले आफूसंग पैसा र मोवाईल नबोकेको पारिवारिक श्रोतले बताएको छ । यसरी दल सम्पर्क विहिन भएपछि घरपरिवारका सदस्यहरु चिन्तीत भएका छन ।

उहाँको खोजी तलासीको लागि परिवारका सदस्यहरुले सबैमा अपिल गरेका छन ।

भेटाउनु हुने कुनै पनि मान्छेले भारतीय सम्पर्क नम्वर ७२४९५०३१२७, ७५५८२४९३३२, ८०८७२४९३३२, ७३८५२८६२२१, ७७५६९१३३६८ फोन गरी जानकारी दिन सकिने छ । यस्तै Whatsapps नम्वर ९७६९९६६३७४ सम्पर्क गर्न सकिने छ । नजिकको प्रहरी कार्यालयमा समेत भेट गराई परिवारसम्म खवर गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस