रास्कोटमा जीप दुर्घटना १ जनाको ज्यान गयो, ४ घाईते

२२ असार,  कालिकोट । रास्कोट न पा –६ सान्तिघाट स्थित पिपलवोट को ओरालोमा मंगलवार विहान जीप दुर्घटना हुदा एक जनाको ज्यान गएको छ ।

राष्कोट नगरपालिका वडा नम्वर २ निवासी अन्दाजी ३७ वर्षिया पम्फा फडेराको ज्यान गएको हो । दुर्घटनामा ४ जना यात्रु घाईते भएका छन ।

सेराचौरबाट जिते वजारका लागि छुटेको कर्णाली प्रदेश क १ ज २३ नम्बरको जिप अनियन्त्रीत भएर दुर्घटना भएको स्थानीयले वताएका छन । जीपमा १२ जना यात्रु रहेकोमा ७ जना सहकुशल छन ।

दुर्घटनामा घाईते हुनेहरुमा राष्कोट नपा ३ का चक्रनाथ योगि, राष्कोट नपा २ का कविराज न्यैपाने, राष्कोट नपा १ का ध्वज व शाही र राष्कोट नपा १ का मैना शाही रहनु भएको छ । घाईते मध्य दुई जनाको अवस्था गम्भीर रहेको छ भने दुई जना सामान्य रहेको जनाइएको छ ।

घाईतेहरुको जिल्ला अस्पताल मान्ममा उपचार भइरहको छ ।जीप चालु भइरहेको अवस्थामा रोकेर चालक बाहिर निस्केका कारण आफै जीप गुडेर भित्तामा ठोकी दुर्घटना भएको घाईतेहरुले बताएका छन ।

 

प्रतिक्रिया दिनुहोस