२२ असार,काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता चुडामणि वली ‘आदर्श’सहित १४ जना रिहा भएका छन । बजुराबाट १४ जना रिहा भएको वरिष्ठ अधिवक्ता एकराज भण्डारीले जानकारी दिनु भयो ।
न्याय विभाग प्रमुख तथा नेकपाका केन्द्रीय सदस्य वालीसहित सहित १६ जना कार्यकर्ता बाजुराबाट एकैचोटी पक्राउ परेका थिए ।
वरिष्ठ अधिवक्ता भण्डारी, अधिवक्ता कपिलचन्द्र पोखरेल र कान्तिराम ढुंगासहितको बहसपछि सर्वोच्च अदालतले वलीसहित १४ जनालाई रिहा गर्न आदेश दिएको हो ।
२०७६ कात्तिक २२ गते सांगठनिक कामका लागि हिँडिरहेका बेला बाजुराको गौमुल गाउँपालिका वडा नम्बर ३ बाट उनीहरु पक्राउ परेका थिए ।
पछि उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाइएको थियो । बरिष्ठ अधिवक्ता एकराज भण्डारी लगायतको बहसपछि १४ जना छुटेका छन् । २ जना छट्न वाँकी छन ।