२२ साउन ,सुर्खेत । जनपत्रकार संगठन नेपाल जिल्ला समिति सुर्खेतको प्रथम जिल्ला सम्मेलन शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
सम्मेलनले सिद्ध वहादुर खडकाको नेतृत्वमा ११ सदस्सीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । जसमा उपाध्यक्ष हरिलाल महतारा, सचिव मोहन धामी, कोषाध्यक्ष सरस्वती गौतम, सदस्यहरूमा सर्जनसिंह ठकुरी, रतिमान नेपाली, सम्झना पोख्रेल, भुपेन्द्र रोकाय, जित बहादुर के.सी. ,प्रभाष, राजेन्द्र विश्वर्कमा रहनु भएको छ ।
सम्मेलनलाई नेकपाका केन्द्रीय सदस्य एटम बि.सी.ले संवोधन गर्दै संसदीय व्यवस्थाको संरक्षण गर्ने पत्रकारीता भन्दा वैज्ञानिक समाजवाद स्थापना गर्ने पत्रकारीता गर्नु पर्ने वताउनु भएको छ ।
उहाँले पत्रकारको काँधमा देश र समाजमा रहेका विकृति र विसंगतिका विरुद्ध संघर्ष गर्ने ठुलो दायित्व आएको वताउनु भयो ।
नेता विसीेले संसदीय व्यवस्थाको विकल्प संसदीय व्यवस्था ठिक कि ? वैज्ञानिक समाजवाद ठिक ? भन्ने विषयमा जनमतसंग्रह गर्नु पर्ने वताउनु भयो । त्यसका लागि प्रगतिशील संयुक्त सरकार निर्माण गर्नु पर्ने धारणा राख्नु भयो ।
जनपत्रकार संगठनका केन्द्रिय सदस्य जगदिशनाथ योगी(राजकुमार)ले जनमत संग्रहको महत्व र मर्म बुझेर त्यसलाई सफल गराउन पत्रकारले कलम चलाउनु पर्ने विचार व्यक्त गर्नु भयो ।
सम्मेलनमा नेकपा वीरेन्द्रनगर नगर कमिटिका इञ्चार्ज यामराज, सहीद परिवार समाजका केन्द्रिय सदस्य ऐना धमाला, अखिल नेपाल शिक्षक संगठन सुर्खेतका अध्यक्ष हरिलाल महतारा, अखिल क्रान्तिकारी सुर्खेतका जिल्ला उपाध्यक्ष मोहन धामी, कर्णाली प्रदेश सदस्य पृथ्वीबहादुर सिंह लगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सम्मेलनले निकट भविष्यमा हुन लागेको जनपत्रकार संगठनको प्रथम प्रदेश सम्मेलन र राष्ट्रिय सम्मेलनको तयारीमा लाग्ने निर्णय गरेको छ ।
सम्मेलनमा सहभागी अतिथिहरुले नयाँ निर्वाचित जिल्ला कार्य समितिका पदाधिकारीहरुलाई वधाई तथा कार्यकाल सफलताको शुभकामना समेत दिनु भएको थियो ।
सिद्धबहादुर खडकाको अध्यक्षतामा सम्पन्न भएको सम्मेलनमा जगदिशनाथ योगी, सिद्धबहादुर खड्का, हरिलाल महतारा र रगवीर विश्वकर्मालाई जनपक्षीय पत्रकारीतामा ठुलो योगदान गरेको भन्दै सम्मान गरिएको थियो ।