नेकपाको नेपालगंज नगरकमिटिको भेला तथा प्रशिक्षण सम्पन्न

२२ साउन ,वाँके । नेकपाको नेपालगंज उप–महानगरपालिकाको नगरकमिटिको प्रशिक्षण तथा भेला शुक्रवार नेपालगंजमा सम्पन्न भएको छ ।

भेलालाई जिल्ला ईन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य दिपकले सम्वोधन गर्दै नेपाली राजनीतिमा वैज्ञानिक समाजवाद वाहेक अर्को कुनै निकास नभएको वताउनु भएको छ ।

उहाँले नेपाली इतिहाँसमा संसदीय व्यवस्थाले लामो समय सम्म जनतालाई दुख दिएको भन्दै वेला –वेला जनता लुट्ने, ठग्ने संसदीय व्यवस्थाको खारेजी नै अन्तीम विकल्प भएको ठोकुवा गर्नु भयो ।

नेता दिपकले आफ्नो पार्टीले सरकार संग गरेको तीन वुदे समहमतिको मुल मर्म नेपाललाई वैज्ञानिक समाजवादमा लिनु रहेको वताउनु भयो ।

उहाँले त्यसका लागि नेपालमा संसदीय व्यवस्था र वैज्ञानिक समाजवाद भन्ने विषयमा जनतामा गई मत संकलन गर्नु पर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा नेकपा नगर कमिटिका इन्चार्ज रोसनले पार्टीको नीति र विधि अनुसार कार्यकर्तालाई जनतामा पुग्न निर्देशन दिनु भयो । भेलामा नगर भित्रका पार्टीका कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस