फाइल फोटो
२१ भदौ, जुम्ला । विश्व प्रसिद्ध आँखा चिकित्सक डा. सन्दुक रुईतको उपस्थितिमा आँखा शिविर सञ्चालन हुने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आँखा विभाग र तिलगंगा आँखा अस्पतालको संयूक्त आयोजनामा शिविर सञ्चालन हुने भएको हो ।
भदौँ १६ गते पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकी, भदौँ १७ गते गुठीचौर गाउँपालिकाको गोठिगाउँ आधारभुत स्वास्थ्य केन्द्र, भदौँ १९ गते तातोपानी गउँपालिकाको ताम्ती स्वास्थ्य चौकी लामाबगर र भदौँ २० गते सिंजा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकीमा आँखा शिविर सञ्चालन भएको छ ।
यस्तै भदौँ २२, २३ र २४ गते शिविरबाट छनोट भएका आँका विरामीको मोतिविन्दुको सल्यक्रिया हुने प्रतिष्ठानका अस्पताल निर्देशक डा. पुजन रोकायाले बताए । उनले भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखा विभागको उद्घाटनसहित मोतिविन्दुको निःशुल्क सल्यक्रिया गरिने छ ।
प्रतिष्ठानका आँखा विभाग प्रमुख डा बिश्व तिमिल्सिनाका अनुसार आँखाका विरामी र मोतिविन्दुका विरामीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सम्पर्क गर्नु हुने छ । उनले भने, अबका दिनमा आँखाको सल्यक्रिया नियमित हुने छ ।