४ दिनदेखि सम्पर्क विहिन वडा अध्यक्ष बरालको कोट चिहानघाट भेटियो, अवस्था अज्ञात

२१ भाद्र, कालिकोट । ४ दिनदेखि सम्पर्क विहिन रास्कोट नगरपालिका वडानम्वर ८ का वडाअध्यक्ष मनिराज वराल (स्टार)को अवस्था अझै अज्ञात रहेको छ ।
उहाँको व्यापक खोजि कार्य भईरहेको प्रहरीले बताएको छ । वडाअध्यक्ष बरालले लगाएको कोट भने शुक्रवार कर्णाली नदिको किनार चिहानघाट नाहाने ढुङगा भेटिएको छ ।
उहाँले लगाएको कोट मात्र शान्तिघाट नजिक रहेको चिहानघाट नाहाने ढुङगा भेटिएपछि सबैलाई गम्भीर बनाएको छ । बुधवार विहान उहाँ ससुराली जान्छु भनेर आरसीपी बजारबाट हिडनु भएको थियो । तर सम्पर्क विहिन भएपछि खोजि तलासी सुरु भएको थियो ।
उहाँले चिहानघाट पुगेरै कतै कर्णालीमा हाम फालेर आत्महत्या गरेको त होईन ? भन्ने आसंका धेरैलाई भएको छ ।
वडाअध्यक्ष बरालले यदि नदिमा हामफाल्ने निर्णय गरेकै हो भने पनि यो निर्णय किन गर्नु भयो होला ? निकै चासोको विषय बनेको छ ।
नेकपा माओवादी केन्द्र रास्कोटका नगर इन्चार्ज विजयले अहिलेसम्म खोजि गर्दा अवस्था अज्ञात रहेको बताउनु भयो ।
उहाँले अध्यक्ष बरालको लगाउने कोट भने शान्तिघाट नजिक रहेको चिहानघाट नाहाने ढुङगा भेटिएको जानकारी दिनु भयो ।
नेता विजयले वडाअध्यक्षको मानसिक अवस्थापनि धेरै नविग्रिएको भएपनि तर यो निर्णयमा किन पुग्नु भयो अच्चम लागेको बताउनु भयो ।
उहाँलाई ३ महिना अघि मानसिक समस्या (डिप्रेसन) भएको भनेपछि पाटन अस्पतालमा पुर्याएर उपचार समेत गरिएको पारिवारिक श्रोतको भनाई छ ।
सामान्य डिप्रेसन भएपनि उहाँ आत्महत्या नै गर्ने अवस्थासम्म किन पुग्नु भयो ? यसको वास्तविक कारण अझै खोजि तलासीको विषय बनेको छ ।
उहाँको लास वा सास नभेटिदासम्म यसै भन्न सकिने अवस्था छैन । कोट नदि किनारमा भेटिकाले उहाँ जिवित हुने सम्भावना अब निकै कम देखिएको छ । यो घटनाले रास्कोट शोकाकुल भएको छ ।

प्रतिक्रिया दिनुहोस