एमसीसी खारेज गर्न विप्लव नेतृत्वको नेकपाको चेतावनी

 

२१ भाद्र,काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसी पारित गरेर नेपाललाई अफगानिस्तान जस्तै युद्धभूमि बनाउने षड्यन्त्र बन्द गर्न चेतावनी दिएको छ ।

पार्टीका अन्तर्राष्ट्रिय विभाग इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले सोमवार एक प्रेस विज्ञप्ति जारी गरि १० अर्बभन्दा बढी रकम स्वाहा बनाइसकेको एमसीसी सम्बन्धी सबै कार्यक्रम बन्द नगरिए परिणाम भयावह हुने चेतावनी दिनु भएको हो ।
नेकपा केन्द्रीय सचिवालय सदस्य समेत रहनु भएका नेता कञ्चनले नेपाल सरकारले नियतबस वा वैदेशिक दबाबमा एमसीसीजस्तो राष्ट्रघाती सहमति संसद्बाट पारित गर्ने कोसिस गरेको आरोप लगाउनु भयो ।

विज्ञप्तिमा यसप्रकारको सहमति तत्काल खारेज गर्नुको सट्टा संसद्बाटै पास गराउनु नेपाली राजनीतिक इतिहासमा सबैभन्दा ठूलो भूल र कलङ्क हुनेछ दावी गरिएको छ ।

नेकपाले भनेको छ “यो सहमति संसद्बाटै पारित हुने वा कुनै पनि बहानामा यो कार्यान्वयन हुने अवस्थामा नेपालको असंलग्न परराष्ट्रनीतिको विपरीत नेपाललाई अमेरिका वा यसको सैन्य गठबन्धनको कठपुतली बनाउने, नेपालका प्राकृतिक सम्पदाहरूमाथि विदेशी प्रभुत्व लादिने, क्षेत्रीय सन्तुलनमा अस्थिरता र गडबडी ल्याउने, नेपाली जनताले राष्ट्रियताको भीषण युद्धको अनावश्यक दुष्चक्रमा फस्नुपर्ने अवस्था आउने र अन्ततोगत्वा यसले देशलाई अफगानिस्तान बनाउने अवस्था उत्पन्न गर्नेछ ।”

विज्ञप्तिमा ‘एमसीसीका नाममा अहिलेसम्म अनायास देशको १० अर्बभन्दा बढी राष्ट्रिय ढुकुटी केही माफिया, केही राजनीतिज्ञ, केही दलालहरूबाट स्वाहा पारिएको भन्दै यो योजना तत्काल खारेजको माग गरिएको छ ।

नेकपाले सबै कर्मचारीहरूलाई अन्य विभागीय कामहरूमा व्यवस्थापन गर्न र यसबारे भएका सबै कार्यक्रमहरू तत्काल बन्द गर्नका लागि नेपाल सरकार र सम्बन्धित सबैलाई अपिल गरेको छ ।

विज्ञप्तिको अन्त्यमा राष्ट्रघाती एमसीसी परियोजना पूर्ण रूपले खारेज नहुँदासम्म यसका विरुद्ध सङ्घर्षमा एकताबद्ध हुन नेकपाल सम्पूर्ण नेपालीमा आवाहन गरेको छ ।
प्रेस वक्तव्यको पूर्णपाठ‘

प्रतिक्रिया दिनुहोस