पत्रकारको ज्यान लिने धम्की दिने एमाले कार्यालय सचिव पक्राउ

२१ भाद्र,कालिकोट । नेकपा एमाले कालिकोटका कार्यालय सचिव दानबहादुर शाहीलाई मंगलवार प्रहरीले पक्राउ गरेको छ ।

पत्रकार कालिबहादुर मल्ललाई फोन गरेर श्रीमती कुटपिट बारेमा समाचार किन लेखेको भन्दै गर्धन छिनाली दिने धम्की दिएको उजुरी प्रहरीमा परेपछि प्रहरीले पक्राउ गरेको हो ।

पत्रकार कालिबहादुर मल्लका अनुसार श्रीमतीमाथि कुटपिट गरेको र प्रहरीमा निवेदन परेपछि आफूले समाचार लेखेको विषयलाई लिएर ज्यान लिने धम्की दिएकाले आफूले प्रहरीमा उजुरी गरेको र प्रहरीले पक्राउ गरेको जानकारी दिनु भयो ।
शाहीले फोन गरेर मारिदिने गर्धन छिनाल्ने लगाएतका धम्की दिएको अडियोसहित प्रहरी समक्ष पुगेको छ ।

शाहीले आफ्नी कान्छी श्रीमती गिता जैसि शाहीलाई गत १२ गते राति कुटपिट गर्दा शरिर भरी निलडाम भएको र कान समेत च्यातीएको छ । सोही विषयलाई पत्रकार मल्लले समाचर लेख्नु भएको थियो ।

पत्रकार मल्ल नेपाल पत्रकार महासंघ कालिकोट शाखाका पूर्व अध्यक्ष तथा इन्सेक कालिकोटका प्रतिनिधि हुनुहुन्छ ।
पत्रकारलाई ज्यान लिने धम्की आएको विषयमा एमाले निकट प्रेस चौतारी नेपाल र नेपाल पत्रकार महासंघ कालिकोट शाखाले विज्ञप्ति जारी गरेर घटना प्रति आपत्ति जनाएका छन ।

 

प्रतिक्रिया दिनुहोस