१९ असाेज, दैलेख । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले १२ बुँदे व्याख्यात्मक टिप्पणी लाई एमसीसीको लिखित अंग बनाउन प्रचण्डले पहल गर्नुपर्ने बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी दैलेखले शुक्रबार सदरमुकाममा आयाेजना गरिएको “बर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद विषयक” अन्तरक्रिया कार्यक्रममा बोल्दै स्थायी समिति सदस्य भरत सीले एमसीसीको सीइओ अलब्राइट्ले मौखिक रूपमा १२ बुँदे व्याख्यात्मक टिप्पणी मान्छाैं भनेको कुरामा विश्वास गर्न नसकिने भन्दै यसलाई प्रचण्डले एमसीसीकाे लिखित अंग नै बनाउन पहल गर्नुपर्ने भएको हाे ।
एमसीसी कार्यान्वयन गराउन नेपाली जनतालाई अमेरिकाले १२ बुँदे स्वीकार गर्याैं भनेर अलब्राइट्ले झुट,देखावटी बाेलेकाे भन्दै यसलाई लिपिवद्ध गरिनुपर्ने तर्क गर्नु भयो ।
नेता भरत सीले भन्नुभयो “व्याख्यात्क टिप्पणी अमेरिकाले मानेको भए मौखिक होइन, खिलित रुपमा लिपिवद्ध गर्नु पर्छ । यो भ्रम छर्ने कुरा हो । किन भने अमेरिकी इतिहास त्यस्तै छ उसले कम्युनिस्ट नाम मात्रै पनि पचाउदैन ।”
उहाँले स्वदेशी उत्पादनले मात्र देशको अर्थतन्त्र सुधारमा ल्याउन सक्ने भन्दै युवाहरूलाई देशमै श्रम गर्ने वातावरण सरकारले बनाउन नसकेको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टेकबहादुर खाण, एकीकृत समाजवादीका कर्णाली प्रदेश सदस्य मायाराम अधिकारी, नेमकिपाका रत्नेश श्रेष्ठ, जिल्ला बारका अध्यक्ष ललित थापा, गैसस महासंघका जिल्ला अध्यक्ष महारुद्र खत्री, पत्रकार विशाल सुनारले बाेल्दै समाजवादको यात्रा तय गरेका कम्युनिस्टहरूकै व्यवहार र कार्यशैलीमा समस्या रहेको भन्दै कम्युनिस्टहरूले सच्चिनु पर्ने बताएका थिए ।
जिल्ला इन्चार्ज कलम सीको अध्यक्षता रहेको कार्यक्रमको संचालन जिल्ला सेक्रेटरी प्रकाश सीले गर्नुभएको थियो । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा मध्य कर्णाली व्युराे इन्चार्ज विवेक सी र समाजवादी मोर्चाका कर्णाली प्रदेश सदस्य सभ्यता सीकाे आतिथ्यता रहेको थियोे ।
प्रतिक्रिया दिनुहोस