पत्रकार सहकारी माथि कुटपिट भएको घटनामा जनपत्रकार संगठनको कडा विरोध

२१कार्तिक, कपिलवस्तु । जनपत्रकार संगठन नेपालले समाचार संकलन गरिरहेको समयमा आफ्नो संगठनका केन्द्रीय सदस्य तथा पत्रकार मनबहादुर सहकारीमाथि हातपात भएको घटनामा कडा विरोध गरेको छ ।
जनपत्रकार संगठन, नेपालका केन्द्रीय अध्यक्ष शेर बहादुर बिश्वकर्माले बुधवार एक प्रेश विज्ञप्ति जारी गरी जनगर्जन डट्कम अनलाईन पत्रिकाका पत्रकार समेत रहेका सहकारीमाथि कुटपिट तथा हातपात भएको भन्दै कडा विरोध गरेका हुन ।
संगठनले स्वतन्त्रपूर्वक सञ्चारकर्ममा जुटेका पत्रकारमाथि भएको हातपात तथा लुटपाटको घटना निन्दनीय र प्रेस विरोधी हर्कत भएको ठहर गरेको छ ।
विज्ञप्तिमा मंगलबार बेलुका ४.३० को समयमा कपिलवस्तुको कृष्णनगर बडर ईलाकामा समाचार संकलन गर्न गइरहेको समयमा पत्रकार सहकारी माथि केही व्यक्तिद्वारा हातपात तथा लुटपाट भएको उल्लेख गरिएको छ ।
कुटपिट तथा लुटपाट घटनामा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित पक्षसँग जनपत्रकार संगठन,नेपालले विज्ञप्ति मार्फत माग गरेको छ ।
विज्ञप्तिको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस