साम्राज्यवादी डाँकाहरुले अन्तरीम सरकार बनाए, खारेज हुनुपर्छः प्रकाण्ड सी

२० कार्तिक, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले अन्तरीम सरकार साम्राज्यवादी डाँकाहरुले बनाएको भन्दै यो सरकार खारेज हुनुपर्ने माग गर्नु भएको छ ।
उहाँले नेपाली जनता र जेनजीहरुको सहभागीतामा सर्वपक्षीय अन्तरिम सरकार बन्नु पर्ने बताउनु भएको छ ।
विहिवार काठमाडौमा भएको विशाल जनसभालाई सम्वोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले सरकार साम्राज्यवादी डाँकाहरुले बनाएको भन्दै यो सरकार खारेज गरि जनता र जेनजीको हुनुपर्ने माग गर्नु भएको हो ।
उहाँले भन्नु भयो ‘आन्दोलन जेनजीले गर्यो आन्दोलन पछिको नेतृत्वमा जेनजी छैन, सडकमा आन्दोलन जेनजीले गरे, तर इण्डीयन र अमेरिकी दुतावासमा सरकार बनाउने वहस भयो । साम्राज्यवादी डाँकाहरुको अड्डाहरुले अन्तरिम सरकारको टुङगो लगायो । यो नेपाली जनता र जेनजीहरुको सरकार होईन ।’
उहाँले जेनजीका मागहरु पुरा गर्न सर्वपक्षीय अन्तरिम सरकार बन्नुपर्ने भन्दै प्रधानमन्त्रीबाट सुशिलालाई राजीनामा दिन चेतावनी दिनु भयो । उहाँले चुनावको कार्यक्रम र प्रणाली नयाँ बनाएर मात्र चुनावमा जान सकिने र नत्र सम्भव नभएको जिकिर गर्नु भयो ।
नेता प्रकाण्डले जनेजीलाई किन प्रधानमन्त्री नवनाएको ? साम्राज्यवादीहरुले किन हस्तक्षेप गरेको हो भनि प्रश्न गर्नु भयो । नेता प्रकाण्ड सीले राष्ट्रिय स्वाधीनताको मुद्धा अहिले मुख्य भएको बताउदै स्वाधीनताका लागि सबै एक हुनुपर्ने बताउनु भयो । उहाँले विप्लवको नेतृत्वमा स्वाधीनता र आगामी समाजवादको यात्रामा नेकपा लाग्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस