तीन बुदे सहमति १२ वुदे जस्तो होइन ः प्रकाण्ड

२३ पुस,दैलेख । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले तीन वुदे सहमति कुनै विदेशीहरुले गराए जस्तो १२ वुदे सहमति जस्तो नभएको वताउनु भएको छ ।

नेकपा दैेलेखले विहिवार सदरमुकाम दैलेख वजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाण्डले यस्तो खुलासा गर्न भएको हो ।
उहाँले प्रचण्डहरुले गरेको १२ वुदे सहमति र आफ्नो पार्टीले गरेको तीन वुदे सहमति आकास जमिनको फरक भएको दावी गर्नु भयो । उहाँले वरु तीन वुदे सहमतिको स्पिड सरकारले कार्यान्वय नगरेको भन्दै आपत्ती जनाउनु भयो ।

उहाँले भन्नु भयो “तीन वुदे सहमति यथाशिघ्र कार्यान्वय गर्नु पर्छ ,नत्र सरकार वेइमान ठहरिने छ त्यसको परिणाम सरकारले भोग्नु पर्छ । ”
प्रवक्ता प्रकाण्डले १२ वुदे सहमति गर्दा भारतको इसारामा प्रचण्ड भारतको पाउनमा परेर गरेको उल्लेख गर्दै हामी कोही कसैको पाउनमा नपरेर जनताको तागतले तीन वुदे गरेका हौं भन्नु भयो ।

उहाँले आफ्नो पार्टी माथि औचित्यहिन तरिकाले सरकारले प्रतिवन्ध लगाएकोमा स्वय सरकार आफै चौतर्फि संकट र दवावमा परेकाले त्यसको परिणाम रुवरुप तीन वुदे सहमति भएको वताउनु भयो ।

तीन वुदे सहमति आफ्नो पार्टीले अक्षरस कार्यान्वय गरेपनि सरकारले कार्यान्वय नगरेको भन्दै उहाँले आफ्ना सयौ कार्यकर्ता जेलमा रहेको र रिहा गर्नु पर्ने वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस