समाजबादका लागि सवै कम्युनिष्ट शक्तिहरु एकताबद्ध हुनु पर्छः सुशिल सी

२५ माघ, दैलेख । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज सुशिल सीेले नेपालमा नेपाली विशेषताको समाजवाद ल्याउने अभियानमा सबै नेपालका कम्युनिष्ट शक्तिहरु एकताबद्ध हुनुपर्ने बताउनु भएको छ ।
नेकपा दैलेखले जिल्लाको दैलेख बजारमा आयोजना गरेको राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाई सुक्रवार प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै नेकपाका स्थायी समिति सदस्य सुशिल सीले समाजवाद सबै कम्युनिष्ट शक्तिहरुको नारा भएकाले यसलाई ल्याउन पनि सबै कम्युनिष्ट शक्तिहरु एकताबद्ध हुनुपर्ने बताउनु भएको हो ।
उहाँले नेपालका कम्युनिष्टहरु तत्काल वैज्ञानिक समाजवादको अभियानमा जान नचाहेपनि नेपाली विशेषताको समाजवादी अभियानमा जानका लागि भने कुनै हिच्किचाउन नहुने बताउनु भयो ।
उहाँले अहिलेको व्यवस्थाले देश र जनताको हितमा काम गर्न नसकेको जिकिर गर्दै यसको विकल्पमा नेपाली विशेषताको समाजबादी ब्यबस्था अनिवार्य भएको ठोकुवा गर्नु भयो ।

नेकपाले जनताको अभिमत लिएर भएपनि एकपटक समाजवादी व्यवस्थाका लागि आगामी ०८४ सालको चुनावमा सहभागी हुन लागेको जानकारी दिदै नेता सुशिलले त्यसका लागि नेकपाले दल दर्ता गरी जनतामा पुग्ने बताउनु भयो ।
उहाँले समाजवादी ब्यबस्था ल्याउनका लागि नेपाली जनताको विकल्पको रुपमा देखिएको नेकपालाई जनताले एकपटक अवसर दिने विश्वास गर्दै सबै नेपाली जनतालाई एकपटक सहयोग गर्न अपिल गर्नु भयो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला ईन्चार्ज कलम सी,नेकपा प्रतिनिधि समिति सदस्य राजन सीको आतिथ्यता रहेको थियो ।
जिल्ला सेक्रेटरी प्रकाश सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन केन्द्रीय प्रतिनिधि सदस्य उदयराम सीले गर्नु भएको थियो भने स्वागत मन्तव्य केन्द्रीय प्रतिनिधि सदस्य जनक सीले दिनु भएको थियो ।
कार्यक्रमको बिच –बिचमा ज्वाला सहिद सांस्कृतिक परिवारले रोचक जनवादी गीत तथा नृत्य प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस