२४ माघ, कालिकोट । नेपाली कम्युनिष्ट पार्टीका प्रदेश सदस्य तथा दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य दिनेश चदाँराले महेन्द्र शाहीको कलो खाएर दलित विरोधी गतिविधि गरेको दलित अगुवाहरुले बताएका छन ।
आफै दलित नेता भएर पनि दलितका विरुद्ध चदाँरा लागेको भन्दै दलित अगुवाहरुले चदाँराको आलोचना गरेका हुन । दलित अगुवा रमेश नेपालीले चदाँराको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन ।
चदाँराले प्रदेश आवाज रेडियोमा दिएको अन्तरवार्तामा महेन्द्र शाहीको गुणगान मात्र गाएका छन ।
महेन्द्रकै केही संरक्षित तत्वहरुले दलितमाथि तथानाम गाली गलौज गरिरहेको वेला त्यसको सत्य तथ्य छानविन गरिहोस भन्नुको सट्टा उल्टै उनले महेन्द्र शाहीको प्रवक्ता भएर दलितहरुमाथि भईरहेको अपमान र घृणाको वेवास्ता गरेका छन ।
फलामले फलामलाई काट्ट भने जस्तै दलित समुदायका विरुद्ध दलित नेता भनिएका चदाँरा आफै लागेको दलित अगुवा रमेश नेपालीलले बताएका छन ।
उसो त चदाँरा दलित भएकै कारण स्थानीय चुनावमा वडा सदस्यदेखि नगरप्रमुखको टिकट पाएर पनि आफ्नै पार्टीका नेता कार्यकर्ताहरुले हराएका थिए ।
उनी आफै दलित भएकै कारण पार्टीबाटै पीडित व्यक्ति हुन । तर पनि महेन्द्रको कलो खाएर तलुवा भएर दलित अधिकारको विरुद्ध लागेको दलित अगुवाहरुको भनाई छ ।
सामाजिक सञ्जालमा दलितहरुका विरुद्ध घृणा अपमान भईरहदा पनि दलित अधिकारका लागि आवाज उठाउनु पर्ने ठाउँमा उल्टै दलित अधिकार विरोधी काम गरेका छन ।
दलित अगुवा नेपालीले चदाँराले कसैको कलो खाएर अस्सली हली हुनु आफ्नै समुदायमाथिको हमला भएको पनि टिप्पणी गरेका छन ।