हुड्के नाच बाजा गाजा सहित ताडीमा प्रकाण्डलाई भव्य स्वागत

२४ माघ, कालिकोट । नेकपा(माओवादी)का प्रवक्ता तथा प्रतिनिधि सभाका प्रत्यक्षतर्फका उम्मेदवार खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई हुड्के नाच बाजा गाजा सहित ताडीमा भव्य स्वागत गरिएको छ ।

शनिवार खाँडाचक्र नगरपालिकाको वडा नम्वर ४ ताडीका स्थानीय मतदाताहरुले हुड्के नाच वाजा गाजा सहित भव्य स्वागत गरेका हुन ।

स्थानीयहरुले नेकपा (माओवादी) जिन्दावाद, गुलाफको फुलमा मतदान गरौं, एकीकृत जनक्रान्ति जिन्दावाद, भ्रष्टाचारी र कमिशनखोरलाई कार्वाही गरौं, भन्ने नारा लगाउदै र्याली समेत निकालेका थिए ।

स्थानीयहरुले नेता प्रकाण्डलाई फुलमाला अविर र खादा लगाएर भव्य स्वागत गरेका थिए ।

स्थानीयहरुले जनताको नेता प्रकाण्ड भएको, जनयुद्ध सुरु गर्ने नेता प्रकाण्ड भएको, कालिकोट मात्र होईन कर्णालीमै जनयुद्धको विस्तार गर्ने नेता प्रकाण्ड भएको भन्दै हर्षित हुदै दमाह र वाजा बताउदै हुड्के नाच नाच्दै भव्य स्वागत तथा सम्मान गरेका हुन ।

स्थानीयवासीहरुले १८ बर्षसम्म जिल्ला नेतृत्व विहिन जस्तै भएको र भ्रष्टाचारी तथा कमिशनखोरहरुको विगविगी बढेको बताएका थिए ।

‘जनताको लागि निरन्तर लड्ने नेता तपाई हो, तर तपाई चुनावमा नआउदा बाध्यताले हाम्रो भोट भ्रष्टहरुलाई दिनु पर्यो, कमिशनखोरलाई दिनु पर्यो, उनीहरुले जनताको विकास होईन जनतामाथि सास्ती दिए’ स्थानीयहरुले प्रकाण्डसंग गुसानो गरेका छन ।

नेता प्रकाण्ड सीले जनतासंग अब माओवादी पार्टी साथमा रहेको भन्दै लुटेरा,ठग,भ्रष्ट र कमिशनखोरहरुलाई तह लगाउने पनि बताउनु भयो ।

स्वागत र्यालीमा सयौ युवा युवती, बुढा बुढी, महिला,बुद्धिजीवी तथा अगुवाहरुको सहभागिता रहेको थियो । उनीहरुले यसपालीको मतदान प्रकाण्ड वाहेक अरु कसैलाई पनि नगर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस