२४ माघ,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तर्फ संकेत गर्दै ‘भित्रभित्र राष्ट्रघात बाहिर बाहिर राष्ट्रवाद ? भएको टिप्पणी गर्नु भएको छ ।
प्रचण्ड र देउवाले एमसीसीलाई पठाएको गोप्य पत्र सार्वजनिक भए लगत्तै भट्टराईले यस्तो टिप्पणी गर्नु भएको छ ।
भित्रभित्र राष्ट्रघात गर्ने तर बाहिर भने राष्ट्रवादका कुरा गर्ने प्रवृत्तिले एमसीसीलाई गिजोलिएको पनि उहाँले टिप्पणी गर्नु भयो । भट्टराईले ट्वीट गर्दै प्रचण्ड दुईजिभ्रे प्रवृत्तिबाट मुक्त हुनुपर्ने वताउनु भयो ।
‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद?, माछा देखे भित्र हात, सर्प देखे बाहिर हात,’ भट्टराईले ट्वीट गर्दै भन्नु भएको छ , ‘भित्र खाओवाद बाहिर माओवाद ।’
‘नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुँदैन तबसम्म देश बन्दैबन्दैन,’ उहाँले भन्नु भयो , ‘एमसीसी जुन ढंगले गिजोलिदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ । अति भए खति हुन्छ है !’
प्रतिक्रिया दिनुहोस