परिणाम देखिने गरी काम गर्न गरिबी निवारण कोषलाई प्रधानमन्त्रीको निर्देशन

चैत्र २४, काठमाडौं । केपी शर्मा ओलीले परिणाम देखिने गरी काम गर्न गरिबी निवारण कोषलाई निर्देशन दिनुभएको छ ।

कोषको ७० औं संचालक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारको गन्ध कहिँकतै आएको पाइए शैह्य नहुने पनि बताउनुभयो ।

बैठकले गरिवी निवारण कोषको आर्थिक क्रियाकलापको अनुमगन गर्न प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा ५ सदस्यीय समिति बनाएको छ ।

समितिलाई वैशाखभित्र प्रतिवेदन बुझाउन भनिएको छ । यस्तै ३२ हजार गरिबी निवारण कोषसँग सम्बन्धित संस्थाहरुलाई बजेटसहित स्थानीय तहबाट संचालन गर्ने निर्णय पनि गरिएको कोषका उपाध्यक्ष भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस