२४ बैसाख, कालिकोट । हिमचुली कृषि सहकारी संस्थामा कुमालगाउँ शाखामा काम गर्ने धना विकमाथि सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट रास्कोट ७ का दानबहादुर रोकायाले अश्लिल शव्दले गाली गलौज गर्दै जातीय विभेद गरेका छन ।
सोमवार गलत नियतले आफ्नो फेसबुक म्यासेन्जरमा जोडिएर दलित समुदायमाथि होच्याउने खालका अश्लिल शव्दहरु प्रयोग गरेर आफूमाथि जातीय विभेद गरेको धना विकले खुलासा गर्नु भएको हो ।
दानवहादुरको रास्कोट नगरपालिका वडा नम्बर ७ स्थायी घर भएपनि कैलाली टिकापुर वस्ने गरेको र हाल रोजगारीको शिलशिलामा भारतको बेङ्गलोर रहेको खुलेको छ ।
दानवहादुरले धनालाई म्यासेन्जर मार्फत तँ दलित ठुली बन्ने ? तँ डुमीनी ठुली बन्छस भन्दै गालीगलौज गरेको भ्वाइस रेकर्ड र स्क्रिनसट ज्वाला खवरलाई प्राप्त भएको छ ।
दानवहादुरले म्यासेन्जरमा लेखेका छन ‘तँ ठुली भन्ने पागल भ्यागुतोको जस्तो थोलो गरेकी कोमारी, नानामान्छे कोमारा के उखाडेका छौं ? के उखाड्ने हौं तिमीहरु डुमलाई डुम भन्न नपाइने को हौं ? तिमीहरु डुम्मै हौं? जति ठुला भएपनि, मन्त्री प्रधानमन्त्री भएपनि डुमै हौं । नानामान्ठ कोमारीअ ।’
पीडित धनाले भन्नु भयो, ‘उ नियत राम्रो नभएको मान्छे रहेछ, छोरी मान्छेलाई बस्तुको रुपमा बुझ्दो रहेछ, त्यसको फेसबुक प्रोफाइल हेर्दा पनि थाहा हुन्छ । केटी मान्छेसंग फेसबुकमा जोडेर भिडियो बनाउने, टिकटकमा डुड गर्ने र मस्ती गर्ने गरेको देखिन्छ । मलाई त्यही तरिकाले म्यासेन्जरमा आएर कुरा गर्न खोज्यो । मैले त्यसको कुनै रिप्लाई नदिएपछि भ्वाइस म्यासेज गर्दै जातसँग जोडेर तथानाम गाली गरेको हो ।’
दाननवहादुरले नेपालको संविधान र कानुन विपरित दलित समुदायका लागि निकै होच्याउने, अपमान गर्ने र समाजमा घृणा पैदा हुने शव्दहरु भ्वाइस म्यासेन्जरमा बाेलेकाे छन।
धनाले म्यासेन्जरमा लेखेका अश्लिल शव्दहरुप्रति गम्भीर आपत्ति जनाउदैे अपशव्द वोल्ने दानबहादुरलाई कानुनी कार्वाहीको माग गर्नु भएको छ ।
उहाँले दानवहादुर विरुद्ध आफू कानुनी प्रक्रियामा जाने बताउदै आफुलाई सामाजिक संजाल मार्फत जातीय विभेद गरेकाले साइबर क्रमाइम र जातीय विभेदको मुद्दा हाल्ने तयारीमा रहेको जानकारी दिनु भयो ।
उहाँले आफूमाथि अपशव्द बोलेर गाली गर्नेमाथि कार्वाहीको दायरामा ल्याउनेमा सहयोग गर्न सम्पूर्ण दलित अधिकारकर्मी र सरोकारवाला निकाय समक्ष अपिल गर्नु भएको छ ।
म्यासेज स्क्रिनसट



