एकै दिन ९ हजार १९६ संक्रमित, ५० को मृत्यु

२४ वैसाख,काठमाण्डौ । पछिल्लो २४ घन्टामा ९ हजार १ सय ९६ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टाको विवरण अद्यावधिक गर्दै सोको संख्यामा कोरोना संक्रमित थपिएको जनाएको छ ।
मन्त्रालयले यो अवधिमा ५० जनाको निधन भएको र संक्रमितमध्ये २ हजार ९ सय ५ जना संक्रमणमुक्त भएको जनाएको छ ।

गएको २४ घन्टामा देशभर २० हजार ४ सय ८२ जनाको कोरोना परीक्षण गरिएको थियो । तिनीहरुमध्ये १९ हजार ९८७ को पीसीआर र ४ सय ९५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

थपिएका संक्रमितमध्ये ९ हजार २३ जनाको पीसीआर र १ सय ७३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस