४५ दिन पछि बुद्धिजिवि संगठनका कर्णाली ब्युरो संयोजक शाही बिनाशर्त रिहा

बैशाख २४, कालिकाेट । विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टी निकट बुद्धिजिवि संगठनका कर्णाली ब्युरो संयोजक धनराज शाही मंगलबार रिहाई भएका छन ।

संयोजक शाहीलाई मानव अधिकारक्रमि इन्सेक प्रतिनिधि कालीवहादुर मल्ल र पत्रकारहरुको जिम्मामा छाडिएको हो । प्रहरीले शाहीलाई २०७५ चैत ११ गते तिलागुफाको गाल्जेबाट पक्राउ गरि बिष्फोटक तथा साँगाठनिक अपराधको मुद्धामा चलाएको थियो ।

चैत्र २९ गते अदालतले ३० हजार धरौटीमा रिहा गरेपनि प्रहरीले पुनः अदालत परिसर बाट पक्राउ गरी सार्वजनिक स्थलमा अभद्र ब्यबहार गरेको भन्दै सार्वजनिक मुद्धामा पक्राउ गरी हिरासतमा राखेको थियो ।

सार्वजानिक मुद्धाको सोमबार प्रशासनमा फैसला भएपनि शाही मंगलबार बिहान ४५ दिनपछि मानव अधिकार र पत्रकारको रोहवरमा बिना सर्त छोडिएको कालिकोटका प्रहरी प्रमुख डिएस्पी विनोद शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस